लन्डन । लन्डन फेशन हाउसले वालवालिकाको प्रतिभा उजागर गर्ने लक्ष्यसहित मास्टर एण्ड मिस लिटिल नेपाल यूके २०१५ प्रतियोगिता गर्ने भएको छ । विविध कारणले गत वर्ष रोकिएको यस प्रतियोगिता यो पटक दोश्रो हुनेछ ।
अक्टोबर अन्तिम साता उक्त प्रतियोगिता गरिने आइतबार आयोजित पत्रकार भेटघाटमा जनाइएको हो । केटाकेटीको ‘टर्म ब्रेक’ का बेला प्रतियोगिता गर्ने योजना भएपनि मिति र स्थान भने तय हुन बांकी छ । लन्डन फेशन हाउसकी निर्देशक तथा हेड अफ डिजाइन मनिषा डंगोल श्रेष्ठले बेलायतको साउथ इष्ट लन्डन, अल्डरसट र लन्डनमा अडिसनमार्फत वालवालिका छनौट गरिने जनाइन् । १२ वर्षसम्मका वालवालिकाले प्रतियोगितामा भाग लिन सक्नेछन् ।
प्रतियोगितामा मास्टर एण्ड मिस लिटिल नेपालसहित मास्टर एण्ड मिस फोटोजेनिक, पर्सनालिटी, पपुलर, एकेडेमिक, डिस्सिप्लिन, ट्यालेन्ट, पङ्चुयल, वेष्ट ड्रेस, वेष्ट स्माइल र वेष्ट क्याटवाक टाइटलमा अवार्ड दिइने श्रेष्ठले जनाइन् ।
प्रवेश शुल्क दश पाउण्डमात्र तोकिएको छ ।
प्रतियोगितालाई गैर आवासीय नेपाली संघ बेलायतले पनि साथ दिने भएको छ । कार्यक्रममा उपस्थित संघका महासचिव राजकुमार त्रिपाठीले वालवालिका लागि यस्ता प्रतियोगिताको खांचो औंल्याउंदै सबैलाई सहयोग गर्न अपिल गरे ।
प्रतियोगितामा वालवालिकाबाटै उठाइने केही रकम नेपालको पुनर्निर्माणका लागि पठाउने आयोजकको सोच छ । निर्देशक श्रेष्ठले प्रतियोगितामा सहभागिताका लागि आफ्ना केटाकेटीलाई प्रेरित गरिदिन अभिभावकसंग आग्रह गरेकी छिन् ।
कार्यक्रममा लन्डन नेपाल न्यूज डटकमका प्रधानसम्पादक शिव भण्डारीले वेष्ट ड्रेस टाइटल विजेता वालवालिकालाई पोशाक प्रायोजन गरिदिने घोषणा गरेका छन् ।
पत्रकार अन्तरक्रियामा पहिलो मिस टिन नेपाल यूके २०१३ एलिजा क्षेत्री, मिस लिटिल नेपाल यूके प्रतिष्ठा त्रिपाठी र मास्टर नेपाल यूके आशुतोष शाहले समेत आ आफ्ना अनुभव सुनाउंदै प्रतियोगिताबाट धेरै कुरा सिकेको बताएका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते