मंगलबार, कार्तिक ४ २०७७ | Tue, October 20, 2020
नेपालको समय: ०२:३८ | UK Time: 21:53

केन्द्रीय पार्षद सिलवाललाई मातृशोक, महासंघ बेलायत दुःखी

वीनेपाली
२०७२ साउन ११ गते १२:०२

11815942_10152966396908639_774322137_nलन्डन । नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद रुपेश सिलवाललाई मातृशोक परेकोमा नेपाल पत्रकार महासंघ यूके शाखाले दुःख व्यक्त गरेको छ । शाखाका महासचिव श्याम लुइंटेलद्धारा सोमवार जारी विज्ञप्तिमा सिलवालको परिवारमा पर्न गएको चोटप्रति शाखाले दुःख ब्यक्त गर्दे मृतक आत्माको चिरशान्तिको लागि कामना सहित हार्दिक श्रद्धान्जली व्यक्त गरिएको छ ।

सिलवालकी ममतामय माता लक्ष्मी सिलवालको ६८ वर्षको उमेरमा काठमाण्डौं स्थित आफ्नै निवासमा आइतवार सांझ निधन भएको हो । उनी विगत केही वर्ष देखी क्यान्सर रोगले पीडित थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक