शुक्रबार, मंसिर १२ २०७७ | Fri, November 27, 2020
नेपालको समय: १४:५७ | UK Time: 09:12

पुनर्निर्माणमा पिटरबरो समाजको ५ लाख सहयोग

वीनेपाली
२०७२ साउन ११ गते १०:५४

11693961_1459068404396420_5722757789877231940_n

लन्डन । पिटरबोरो नेपाली समाज यूकेले नेपालको पुनर्निर्माणका लागि ५ लाख २५ हजार एकसय एक रूपैयां सहयोग गरेको छ । समाजका अध्यक्ष केशव भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषका लागि प्रधानमन्त्री सुशील कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा उक्त सहयोग हस्तान्तरण गरेको समाजले जनाएको छ ।

समाजले विनाशकारी भूकम्प पीडितहरूलाई तत्कालीन आपतकालीन सहयोगका लागि समाजका सल्लाहकार महेश अधिकारी र अन्य संघसंस्थासंग समन्वय गरि भूकम्पले प्रभावित गाउंमै पुगी करिब १२ लाख रुपैयां बराबरको राहत सामाग्री उपलव्ध गराइसकेको छ ।
समाजले सम्पूर्ण चन्दादाताप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक