लन्डन । एनआरएनए यूकेको निर्वाचन आगामी १३ सेप्टेम्बर २०१५ का दिन साउथ इष्ट लन्डनको ग्रीनवीच क्षेत्रमा हुने भएको छ । यसअघि २० सेप्टेम्बरमा गर्ने तय भएपनि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले १५ सेप्टेम्बरभित्रै गर्न निर्देशन दिएपछि आइतबार एनआरएनए यूके पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
बिहान दश बजे शुरु हुने सभा र निर्वाचन स्थानचाहिं बुकिंगपछि जानकारी दिइने संघले जनाएको छ ।
बैठकले निर्वाचन तालिका समेत प्रकाशित गरेको छ । जस अनुसार निर्वाचन प्रयोजनका लागि मतदान गर्ने अधिकार सहितको पंजीकृत सदस्यता नवीकरण र नयां आवेदन गर्ने अन्तिम मिति १५ अगस्ट सांझ ६ बजे सम्म, प्रथम मतदाता र सदस्यहरुको नामावली प्रकाशन २४ अगस्त, सांझ ५ बजे सम्म, प्रथम प्रकाशित नामावली माथि दावी विरोध गर्ने म्याद २५ अगस्त सांझ ५ बजे सम्म तोकिएको छ ।
त्यसैगरि, अन्तिम मतदाता सदस्य नामावली प्रकाशन गर्ने
अन्तिम मिति २८ अगस्त दिनको २ बजे सम्म, सदस्यता मतदाता नामावली र निर्वाचन निर्देशिका सहित निर्वाचन समितिलाई हस्तान्तरण गर्ने मिति २८ अगस्त दिनको ४ बजे सम्म निर्धारण गरिएको छ ।
बैठकले निर्वाचन समितिले गैर आवासीय नेपाली संघ बेलायतको कार्यसमितिले निर्देशन गरेको निर्वाचन निर्देशिका र अन्तर्राष्ट्रिय परिषदले जारी गरेको निर्वाचन निर्देशिकाको अधिनमा रहि निष्पक्ष, तटस्थ र निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि काम नगरी समयमै निर्वाचन गर्न पनि निर्देश गरेको छ ।
बैठकले अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क एकहजार पाउण्ड तोक्दै त्यो फिर्ता नहुने निर्णय गरेको छ । त्यसैगरि, उपाध्यक्षमा लड्न ७५० तोकिएको छ भने महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता, युवा संयोजक, महिला संयोजकको शुल्क ५ सय पाउण्ड निर्धारण गरिएको छ । सदस्यहरुका लागि उम्मेदवारी शुल्क ३ सय र आइसीसी प्रतिनिधिका लागि एक हजार पाउण्ड तोकिएको छ ।
त्यस्तै, सदस्यता नवीकरण र नयां आवेदनका लागि यस अघि प्रकाशित सूचना अनुसार नै हुने तर नवीकरण प्रयोजनका लागि पुरानो सदस्यता नम्बर उल्लेख गर्नुपर्ने, फोटो र जन्म मिति आवश्यक नपर्ने गरी सहजीकरण गरिएको छ । सदस्यता शुल्क बैंक दाखिला नभएमा (चेक फिर्ता वा बाउन्स भएमा) उक्त सदस्यको नामावली मतदाता सूचीमा प्रकाशन नगरिने र मतदान अधिकार नहुने बैठकको निर्णय छ ।
बैठकले ६ सेप्टेम्बरमा च्यारिटी कार्यक्रम गर्ने निर्णय गर्दै उपाध्यक्ष कृष्ण तिमिल्सिनालाई संयोजक तोकेको छ ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती