लन्डन । यती नेपाली एसोसिएसन यूकेले सञ्चालन गरेको यती कप २०१५ प्लमस्टिड युथले जितेको छ । शनिबार ग्रीनफोर्ड ब्रेन्टसाइड मैदानमा आयोजित प्रतियोगितामा प्लमस्टिड युथले ३ गोल गरि अवार्ड सुरक्षित गरेको हो । उक्त टिमले एक हजार २५० पाउण्ड नगद र ट्रफी प्राप्त गरेको छ । प्लमस्टिड एफसीले यती कप जितेको यो चौंथोपटक हो । उसले यसअघि लगातार तीनपटक जितेर यती रनिङ कप आफ्नो बनाइसकेको छ । आजीवन सदस्य पिपला देवानले विजेता टिमलाई मुख्य कप प्रदान गरिन् । ७०० पाउण्ड बराबरको यती रनिङ कप एसोसिएसनकी आजीवन सदस्य देवानले प्रायोजन गरेकाले उनको हातबाट प्रदान गरिएको हो ।
कुल १८ टिम सहभागी प्रतियोगितामा रनरअप भएको बी १३ एफसीले कप र ६०० पाउण्ड नगद प्राप्त गर्यो ।
प्रतियोगितामा हाइ स्कोरर र म्यान अफ दि म्याच प्लमस्टिड युथकै रेगन गुरुङले हात पारे । अन्य विजेतालाई मुख्य अतिथी इलिङ काउन्सिलर सितल मुन्द्रो, अध्यक्ष उमेश मोक्तान, अतिथिहरु एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठी, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार सुवसिं गुरुङ र साहित्यकार हरिसिंह थापाले पुरस्कार वितरण गरेका थिए ।
खेलकुद सचिव पुरुषोत्तम राईको संयोजनमा भएको उक्त प्रतियोगिताको औपचारिक कार्यक्रम महासचिव शशीधर नेपालले सञ्चालन गरेका थिए । अध्यक्ष उमेश मोक्तानको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहमा कोडेक यूके अध्यक्ष विष्णु वाग्ले, गोर्खाली समाज यूकेका अध्यक्ष भरत क्षेत्री, समाजसेवी एवं वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली लगायत सयौं दर्शक सहभागी थिए ।
अत्यन्त सौहार्द वातावरणमा खेल सम्पन्न भएको एसोसिएसनले जनाएको छ । उक्त अवसरमा वालवालिकाका लागि बाउन्सी क्यासल र चित्रकला प्रतियोगिता समेत राखिएको थियो । प्रतियोगितामा तीन जनालाई विजेता घोषणा गरियो ।
कुनै जमाना लन्डनमा अत्यन्त लोकप्रिय यती कप अहिले भने छायांमा पर्दै गएको पाकाहरुको अनुभव छ । फुटबल प्रतियोगिता अत्यधिक भएकाले पनि टिम सहभागिता र दर्शक उपस्थिति आशातित हुन नसकेको हो ।
तस्विरहरु ः एभरेष्ट गौतम
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार