लन्डन । यती नेपाली एसोसिएसन यूकेले सञ्चालन गरेको यती कप २०१५ प्लमस्टिड युथले जितेको छ । शनिबार ग्रीनफोर्ड ब्रेन्टसाइड मैदानमा आयोजित प्रतियोगितामा प्लमस्टिड युथले ३ गोल गरि अवार्ड सुरक्षित गरेको हो । उक्त टिमले एक हजार २५० पाउण्ड नगद र ट्रफी प्राप्त गरेको छ । प्लमस्टिड एफसीले यती कप जितेको यो चौंथोपटक हो । उसले यसअघि लगातार तीनपटक जितेर यती रनिङ कप आफ्नो बनाइसकेको छ । आजीवन सदस्य पिपला देवानले विजेता टिमलाई मुख्य कप प्रदान गरिन् । ७०० पाउण्ड बराबरको यती रनिङ कप एसोसिएसनकी आजीवन सदस्य देवानले प्रायोजन गरेकाले उनको हातबाट प्रदान गरिएको हो ।
कुल १८ टिम सहभागी प्रतियोगितामा रनरअप भएको बी १३ एफसीले कप र ६०० पाउण्ड नगद प्राप्त गर्यो ।
प्रतियोगितामा हाइ स्कोरर र म्यान अफ दि म्याच प्लमस्टिड युथकै रेगन गुरुङले हात पारे । अन्य विजेतालाई मुख्य अतिथी इलिङ काउन्सिलर सितल मुन्द्रो, अध्यक्ष उमेश मोक्तान, अतिथिहरु एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठी, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार सुवसिं गुरुङ र साहित्यकार हरिसिंह थापाले पुरस्कार वितरण गरेका थिए ।
खेलकुद सचिव पुरुषोत्तम राईको संयोजनमा भएको उक्त प्रतियोगिताको औपचारिक कार्यक्रम महासचिव शशीधर नेपालले सञ्चालन गरेका थिए । अध्यक्ष उमेश मोक्तानको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहमा कोडेक यूके अध्यक्ष विष्णु वाग्ले, गोर्खाली समाज यूकेका अध्यक्ष भरत क्षेत्री, समाजसेवी एवं वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली लगायत सयौं दर्शक सहभागी थिए ।
अत्यन्त सौहार्द वातावरणमा खेल सम्पन्न भएको एसोसिएसनले जनाएको छ । उक्त अवसरमा वालवालिकाका लागि बाउन्सी क्यासल र चित्रकला प्रतियोगिता समेत राखिएको थियो । प्रतियोगितामा तीन जनालाई विजेता घोषणा गरियो ।
कुनै जमाना लन्डनमा अत्यन्त लोकप्रिय यती कप अहिले भने छायांमा पर्दै गएको पाकाहरुको अनुभव छ । फुटबल प्रतियोगिता अत्यधिक भएकाले पनि टिम सहभागिता र दर्शक उपस्थिति आशातित हुन नसकेको हो ।
तस्विरहरु ः एभरेष्ट गौतम
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय