लन्डन । एनआरएनए यूके उपाध्यक्ष हिराधन राईले आसन्न निर्वाचनमा अध्यक्ष लड्ने औपचारिक घोषणा गरेका छन् । शनिवार भेटघाट रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच उनले उक्त घोषणा गरेका हुन् । यसअघि मुछेत्र गुरुङले अध्यक्षमा लड्ने घोषणा गरिसकेका छन् ।
डा. राजेन्द्र थापाले सञ्चालन गरेको घोषणा सभामा राईले आफ्ना केही महत्वाकांक्षी प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । मन्तव्यका क्रममा उनले सन् २००३ देखि एनआरएनए अभियानमा लागेको जनाउंदै आफू खादा र सम्मान होइन, कामै गरेर देखाउन चाहेको बताए ।
उनले संस्थामा आर्थिक हिनामिनाबारे निष्पक्ष छानवीन गरि ६ महिनाभित्रै यसलाई जनमानसमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै नसके पदबाट राजीनामासम्म दिने जिकिर गरे ।
युनिटी अर्थात यू एन आइ टि वाइ आफ्नो मुल नारा भएको राईले जनाए । उनले संस्थामा एकता ल्याउने, सम्पूर्ण भूपू गोर्खा संगठनलाई एकवद्ध गर्ने र आन्दोलनरत गोर्खाहरुको समान पेन्सन मुद्दा किनारा लगाउने अठोट सार्वजनिक गरेका छन् । नेपाली नागरिकताको निरन्तरता उनको अर्को प्राथमिकता छ । जेष्ठ नागरिकहरुले पाउने सुविधाका लागि पहल, वृद्धवृद्धालाई कानुनी एवं अन्य सुझाव सहयोगसहित निशुल्क कल सेन्टर खोलिदिने पनि राईको घोषणापत्रमा छ ।
एनआरएनए यूके सदस्यहरुलाई कार्ड बनाइ विभिन्न पसल, रेष्टुरेन्ट तथा अन्य व्यवासायिक छुटका लागि प्रयास गर्ने, एनआरएनए कोषको व्यवस्था गरि पंजीकृत सदस्यहरुलाई सम्भव भएसम्म आपतकालमा सहयोग व्यवस्था गर्ने पनि उनको अठोट छ ।
युवाहरुलाई परिचालन गरि युथ फोरम गठन गर्ने समेत उनको योजना छ ।
१८ वर्ष ब्रिटिश आर्मीमा बिताएका खोटांगे राईको घोषणापत्रमा उपाध्यक्ष हुंदा दुई वर्षको अवधिमा गरेको सामाजिक कामको फेहरिस्त छ ।
कार्यक्रममा राईलाई नेपाली जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष युवराज गुरुङ, किरात राइ यायोख्या अध्यक्ष पदम राई, चितवन एड टष्ट (क्याट) यूकेका पूर्व अध्यक्ष कृष्ण गुरुङ, कुमारी गुरुङ, मधुकर गुरुङ, गेसोका हितमान गुरुङ, शिव कल्चरल ग्रुप प्रतिनिधि लगायतले शुभकामना र सुझाव सल्लाह दिएका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते