लन्डन । सुरज सुब्बा नाल्बो निर्देशित नेपाली सिनेमा रातो घरको रेड कार्पेट ग्रयाण्ड प्रिमियर गरिएको छ । शनिवार अल्डरसटस्थित प्रिन्सेस हलमा विशेष समारोहबीच प्रिमियर गरिएको हो ।
उक्त अवसरमा लिमोजिनमा सवार निर्देशक नाल्बोलाई निर्माता निकेश लिम्बु, निर्देशक मिलन चाम्स् लगायत दर्शकले स्वागत गर्दै रातो कार्पेटमार्फत हल प्रवेश गराएका थिए । स्याम्पेन फोड्ने क्रममा नाल्बोले बेलायतवासी नेपालीले नेपाली सिनेमा मन पराइदिएकामा आभार व्यक्त गरे । यसअघि निर्माता निकेश लिम्बु र उनको परिवार लिमोजिनमा आउंदा दर्शकले भव्य स्वागत गरेका थिए ।
प्रिमियरमा वरिष्ठ गायकहरु ओमविक्रम विष्ट, योगेश्वर अमात्य, निर्देशक मिलन चाम्स्, नायिका सब्रिना श्रेष्ठ, नायक ध्रुव दत्त, मिस यूके नेपाल सुन्दरीहरु, कलाकारहरु मनिष श्रेष्ठ, सनम बैराग, मिसन टु हेल्पकी बबिता लामा सहित सयौं उपस्थित थिए ।
प्रिन्सेस हलमा शो शुरु हुनु अघि आयोजित औपचारिक समारोहमा निर्माता निकेश लिम्बुले स्वागत मन्तव्य दिंदै नेपाली फिल्मको विस्तार एवं यसलाई अन्तर्राष्टियकरण गर्ने आफूहरुको प्रयास भएको बताए । हंसिया फिल्ममा सह निर्माता बनेपछि गोर्खा सैनिक निकेशको फिल्म निर्माणमा अरु रुची बढेको हो ।
लाराले सञ्चालन गरेको औपचारिक कार्यक्रममा गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्षका प्रत्यासी उम्मेदवार विश्वासदीप तिगेलाले शुभकामना दिए । शिवजी श्रेष्ठले शशी थापा सुब्बा र निकेश लिम्बुको योगदानबारे बताए । उक्त अवसरमा शशी थापा सुब्बालाई सम्मान गरियो भने सुरज सुब्बाले सबैप्रति धन्यवाद ज्ञापन गरे । त्यसपछि नाल्बो, श्रीमति निकेशले रिबन काटेपछि फिल्म शो शुरु भएको थियो । उक्त अवसरमा सिनेमा निर्माण पक्षले सहयोगीलाई प्रशंसापत्र समेत प्रदान गरेको थियो ।
सिनेमा रातो घरले झापाको स्थानीय युवाको कथा उजागर गरेको छ । झापाली युवा कसरी गलत काम (अपराध) मा लाग्छन् र परिणाम के निस्कन्छ भन्ने कथा यसमा छ । निर्देशक नाल्बोले वीनेपालीसंग कुरा गर्दै विर्तामोडमा घटेको सत्य घट्ना पनि फिल्ममा उठान गरिएको जनाए । नाल्बोका भनाइमा रातो घरको शाब्दिक अर्थ जेल हुन्छ । फिल्ममा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहाडी, मेनुका प्रधान, अनुराग कुंवर लगायतको अभिनय छ ।
बेलायतमा पहिलो प्रिमियर गरिएको उक्त सिनेमा आगामी सेप्टेम्बरमा अमेरिका लाने र त्यसपछि अष्टेलिया, युरोपमा प्रदर्शन गरिसकेपछि करिब ९ महिनापछिमात्र नेपालमा प्रदर्शन गर्ने निर्देशक नाल्बोको सोच छ ।
नेपाली चलचित्रको जबसम्म विदेशी बजार खोजिंदैन, उद्योगले आशातित सफलता प्राप्त गर्न नसक्ने नाल्बो बताउंछन् । विगतमा नेपाली चलचित्रकर्मीले चोरेरै मात्र फिल्म बनाउंदा यसको गुणस्तर र बजार खुम्चिएको दाबी नाल्बोको छ । सायद, बाटो मुनीको फूल जस्ता हालसम्म दशवटा फिल्म निर्देशन गरिसकेका नाल्बो नेपाली चलचित्र उद्योगमा सम्भावना बोकेका निर्देशक मानिन्छन् ।
तस्विरहरुः मिलन तमु
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते