मंगलबार, मंसिर ९ २०७७ | Tue, November 24, 2020
नेपालको समय: ०६:३६ | UK Time: 00:51

नेपाललाई सहयोग जारी राख्ने बेलायती मन्त्रीको प्रतिवद्धता

वीनेपाली
२०७२ साउन १० गते ०:५८
बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री ब्यारोनेस बर्मा । तस्विरः एभरेष्ट गौतम

बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री ब्यारोनेस बर्मा । तस्विरः एभरेष्ट गौतम

लन्डन । बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री ब्यारोनेस बर्माले भूकम्पपछि नेपाललाई हालसम्म ब्रिटेन र यहांका जनताले ७३ मिलियन पाउण्ड सहयोग गरिसकेको जनाउंदै सहयोग यथावत राख्ने 
प्रतिवद्धता व्यक्त गरेकी छिन् । बिहीबार सांझ लन्डन मेलाबारे जानकारी दिन बेलायतको विदेशमन्त्रालयस्थित दरबार कोर्टमा आयोजित विशेष समारोहमा बर्माले भूकम्पपछि क्षतविक्षत नेपाल र प्रभावित जनताप्रति सहानुभूति समेत प्रकट गरेकी थिइन् ।

उनले ब्रिटेन नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष मनाउने तयारी भइरहंदा दुई देशबीचको सम्वन्ध अरु प्रगाढ हुंदै गएको बताइन् ।

यसैबीच, दक्षिण एसियाली कला संस्कृति दर्शाउने युरोपकै सबैभन्दा ठूलो लन्डन मेला नेपालका भूकम्प पीडितहरुका लागि समर्पित हुने भएको छ । जि लन्डन मेलाका आयोजकले टिकेट विक्रीबाट संकलन हुने रकम पीडितका लागि खर्चने जानकारी दिएका हुन् । यसै वर्षदेखि मेला हेर्न टिकेट किन्नुपर्ने व्यवस्था हुन लागेको हो ।

स्थानीय इलिङ, हन्स्लो काउन्सिल एवं मेयर अफ लन्डनको विशेष साथ रहने उक्त जि लन्डन मेला गनर्सबरी पार्कमा आगामी ६ सेप्टेम्बरमा हुंदैछ । फेसन शो, खाना, बलिउड आधुनिक तथा शास्त्रीय संगीत, बाल खेल, आतसबाजी मेलाका प्रमुख आकर्षण हुनेछन् । एकदिने उक्त मेलामा ९० हजार देखि लाख मानिस आउने अपेक्षा छ ।

कलाकार, खेलाडी, राजनीतिज्ञ, बुद्धिजिवी, सञ्चारकर्मीलगायत करिब तीनसय सहभागी उक्त कार्यक्रममा जि लन्डन मेलाका आर्टिसटिक डाइरेक्टर अजय चब्राले मेलाले विविधता, एसियाली कला संस्कृति र मौलिकता पस्कने उल्लेख गरे । अन्य वक्ताहरु जुलियन रड र प्रशान्त कुंवरले मेला भूकम्प पीडितहरुलाई सघाउन केन्द्रित भएकामा आभार व्यक्त गरेका थिए ।

समारोहमा बीबीसी एजियन नेटवर्कका स्थायी डिजे एवं जि लन्डन मेलाका एम्बेसडर बबी फ्रिक्सनले भूकम्प पीडितका लागि आर्थिक संकलन गर्न विभिन्न सामान लिलाम बढाबढ गरेका थिए । उक्त अवसरमा नुटखुट इम्पेरियल कोर्टका नर्तकीहरुले आकर्षक नाच समेत प्रस्तुत गरे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक