लन्डन । अतिथि सम्मान, भाषण अनि नेताहरु र हाइ प्रोफाइलसंगको नियमित उठबसबाट उकासिने सामाजिक स्तरले सबैलाई तानेकै छ । त्यो पनि बेलायत जस्तो नेपाली बढ्दै गरेको देशमा । अनि त सबै लोभिने भए गैर आवासीय नेपाली संघ बेलायतको अध्यक्ष पदमा ।
यही पदीय लोभमा बिना कुनै ठोस् कार्यक्रम एनआरएनए यूकेको नेतृत्व हांक्ने खोज्ने बढेका बढ्यै छन् । दर्जन बढी एनआरएनए यूकेका सदस्यहरु अध्यक्षको उम्मेदवारी दिएको घोषणा सामाजिक सञ्जाल र प्रेस मार्फत गरिरहेका छन् । पहिलो पटक पत्रकार सम्मेलन मार्फत अध्यक्षको उम्मेदवारी अघि सारे तमुधिं यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङले । त्यस लगत्तै अध्यक्ष पदको दावी गर्नेको लर्काे नै लागेको छ । तमुधिंकै पूर्व अध्यक्ष कमल गुरुङ पनि अध्यक्ष पदमा झलक्क झुल्के । उम्मेदवारी घोषणा पछि नहट्ने उद्घोष गरेका कमल गुरुङ भने केही दिनमै आत्मसमर्पण गर्न पुगे । भोट बैंक एउटै भएपछि कमललाई मुछेत्रको टिमले आत्मसमर्पण गराई छाड्यो ।
त्यसबाहेक विश्वासदीप तिगेला, हालका उपाध्यक्षहरु सूर्य नेम्वाङ, हिराधन राई (आज घोषणा गर्दैछन्), तस्विर लामा, सुरज केसी, बुद्धिराम थापा र कल्पना आङवुहाङलगायतले अध्यक्ष पदमा दावी गर्दैछन । यो क्रम अहिलेसम्म जारी छ । तिगेलाको टिममा किचलो सुरु भइसकेको छ । पूर्वमहासचिव योगकुमार फगामीलाई उपाध्यक्ष र लक्ष्मी राई (लारा) लाई सचिवमा राख्न चाहेपनि आफूहरु तिगेलाको प्यानलमा नरहेको बताएपछि तिगेलाको पनि खुट्टा धर्मराएको छ यतिखेर ।
जातिय, क्षेत्रिय र राजनीतिक रुपमा जरा गाडिएको बेलायतमा क्षमता भन्दा पनि एनआरएनए यूकेको नेतृत्व लिएपछि पाउने लाभका लागि अध्यक्ष पद घोषणा गर्ने बढी देखिन्छ । अध्यक्ष भएपछि आफू स्थापित हुन, व्यापारिक वा नीजि स्वार्थ पुरा गर्न, च्यारिटी मार्फत आफूलाई नेपालसम्मै स्थापित गर्न पाउने अवसर उत्तिकै छ । त्यसवाहेक एनआरएनए यूकेको ताला चाबी आफ्नो हातमा भएपछि हुने फाईदा धेरै छन् । विदेशमा कागजपत्र, घर अनि जागिर वा व्यवसाय भएपछि समाजमा स्थापित हुन खोज्ने निकै छन् । विगतमा पनि नामै नसुनिएका मान्छेहरु एनआरएनए यूके अध्यक्ष भएको सवैले देखेकै छन् ।
विदेशमा रहेका नेपालीको हित भन्दा पनि सीमित व्यक्तिको हितलाई पछ्याउदै पदकै लागि मरिहत्ते गर्ने नेपाली स्वभाव र नेपाली समाज अघि बढिरहेको प्रति नागरिक अगुवाले भने चिन्ता व्यक्त गरेका छन् । ठोस कार्ययोजना र नेतृत्व क्षमता बिना आफूलाई स्थापित गर्न अध्यक्ष हुनेले जाति, क्षेत्र अति राजनीतिमा रुमलिएको नेपाली सामाजलाई सही दिशा दिन नसक्ने समाजका अगुवाको ठम्याई छ ।
‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्दै विश्वभर फैलिएका नेपाली एक हुने संगठनका रुपमा उदाएको गैर आवासीय नेपाली संघ यतिवेला पैसावालाको पहुंचमै अलमलिएको छ । जसको प्रभाव गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् अध्यक्ष शेष घलेले नेपालमै देखाई सकेका छन् । ठोस कार्ययोजना भन्दा पनि आफू धनी भएकै भरमा डोनेसन दिएर अर्काे कार्यकालका लागि पनि बलियो दावेदारी प्रस्तुत गरेका छन् घलेले ।
त्यो प्रभावबाट बेलायतपनि बाहिर उम्किएन । जसका कारण विश्वभर विवादित मध्येको एक एनआरएनए यूकेमा हाल देखिएको चुनावी मौहोलले आउंदा दिनमा राम्रो हुने संकेत गरेको छैन् ।
विगतमा विवादमा अल्झिएर एक एक कार्यकाल बांडेर खाइसकेको अवस्थामा अब आउने नेतृत्वलाई जाति, क्षेत्र, राजनीतिक पार्टी र नागरिक समाजलाई मिलाएर लानु पर्ने अवस्था छ । तर, ति विषयलाई सम्बोधन गर्नुको सट्टा अध्यक्षका प्रत्यासीले विगतमा जस्तै शक्ति केन्द्र धाउने, आर्शीवाद लिने, भित्रभित्र सेटिङ मिलाउने जस्ता कार्य अंगालेका देखिन्छ । कोही भने सामाजिक सञ्जालमा फोटो हाल्न र सामाचार लेखाउन मात्र अध्यक्षको उम्मेदवारी दिएको बजार हल्ला छ । जे होस् उम्मेदवारी दर्ताका दिनसम्म पुग्दा एक हजार पाउण्ड लिएर उम्मेदवारी दर्ता गर्ने र चर्चाकै लागि उम्मेदवारी दिने बीचको भिन्नता छुट्टिने छ ।
विगतमा जस्तो सदस्यता बनाउन सहज नभएपछि अझै पनि जातिय, राजनैतिक पार्टीहरु र स साना समाजका नाममा गठन भएका संघसंगठनकै मतहरुको वर्चश्व आगामी निर्वाचनमा रहने बताइन्छ ।
त्यसको पछिल्लो उदाहरणका रुपमा अध्यक्षका उम्मेदवार तिगेलाको टिममा रहेका उपाध्यक्षका उम्मेदवार योगकुमार फगामी अघि आइसकेका छन् । विगतमा गएको सम्झौता भन्दा पनि पूर्व अध्यक्ष योगेनबहादुर क्षेत्रीको पक्षमा वकालत गरेपछि विवादमा परेका फगामीले यो निर्वाचनमा अध्यक्ष पदको दावी गर्न सकेनन् । इमान्दार मानिएका फगामी विगतमा सही निर्णय लिन नसक्दा आज कसको पछि लाग्दा जित सुनिश्चित छ केलाउंदैै छन् ।
यस्तो कठिन परिस्थितिमा अघि बढिरहेको एनआरएनए यूकेको अध्यक्ष पद ‘हासिमजाक’ जस्तै बन्न पुगेको छ । जसले पनि अध्यक्षमा पदमा दावी गर्दै बार्गेनिङ गरेको एकथरी धारणा छ । अर्काथरी भने चर्चामै आउनका लागि नाम मात्रको अध्यक्ष बन्ने धुनमा लागेका छन् । करिव दुई लाख नेपाली बेलायत रहेको अनुमान भइरहंदा एनआरएनए यूकेमा कतिले सदस्यताका लागि निवेदन हाल्छन् त्यो थाहा पाउन करिब दुई साता कुर्नै पर्नेछ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने