शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: १२:४७ | UK Time: 08:02

ट्याक्सी जलाएर झण्डै मारेनन्

वीनेपाली
२०७२ साउन ८ गते २३:५४
1437737473489_RS-KTM-taxi-5

अज्ञात समूहले अपरान्ह काठमाडौँ नयाँ बजारस्थित धारा गल्ली चोकमा जलाएको बा १ ज २३०१ नम्बरको ट्याक्सी । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।

 

काठमाडौँ, ८ साउन । अज्ञात समूहले शुक्रबार अपराह्न काठमाडौँ नयाँबजारस्थित धारा गल्ली चोकमा भाडाको एउटा ट्याक्सीमा आगजनी गरेको छ ।

आगलागीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएको छ । सोह्रखुट्टेबाट बालाजुतर्फ गइरहेको बा१ज २३०१ नं को ट्याक्सी तीन÷चार जनाको समूहले रोकी आगजनी गरेका हुन् ।

आगजनीबाट ३३ वर्षीय चालक राकेश तामाङको कपालको केही भागसमेत जलेको छ ।

तीन÷चार जनाको समूह धारा गल्लीबाट बाहिर निस्की ट्याक्सी रोक्न लगाएको र ढोका खोली केही सामान राखे जस्तो गरि एक्कासी आगजानी गरेपछि आफू हत्तपत्त बाहिर भागेको ट्याक्सी चालक राकेशले बताए ।

ट्याक्सीमा आगजनी गरेपछि सो समूह सोही ठाउँतर्फ भागेको चालक तामाङले जनाए । काठमाडौँ जुद्ध वारुण यन्त्रको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक