हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै लन्डन दूतावासमा ज्ञापन

image-a81bc9a44b6315b5d850393ed5c8d326d5293d7dc70cfd71c4d8f155f2584e29-V

लन्डन । नेपलिज हिन्दू फोरम यूकेले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै लन्डन दूतावासमार्फत प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र दिएको छ । शुक्रवार दूतावासमा कार्यवहाक राजदूतमार्फत प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुभास नेम्वाङलाई १४ बुंदे ज्ञापन बुझाइएको हो ।

ज्ञापनमा विभिन्न संघसंस्था, व्यापारी, राजनीतिज्ञ, पेशेवरहरुले हस्ताक्षर गरेका छन् । ज्ञापनमा विभिन्न देशका उदाहरण प्रस्तुत गर्दै नेपाल चाहिं हिन्दु राष्ट्र किन नहुने भन्ने प्रश्न समेत गरिएको छ ।

हिन्दूत्व नेपालीहरुको पहिचान भएको उल्लेख गर्दै ज्ञापनमा नेपालका अल्पसंख्यक धार्मिक सम्प्रदायलाई धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने जिकिर छ । नेपालमा ८१ प्रतिशत भन्दा बढिले हिन्दूत्व अनुशरण गर्ने स्मरण गराउंदै ज्ञापनमा ओमकार परिवार र सनातन धर्म अनुयायी जोड्दा यो संख्या ९४ प्रतिशत पुग्ने अवगत गराइएको छ । यस्तो वास्तविकताबीच नेपाललाई धर्म निरपेक्ष बनाइनु न्यायसंगत नभएको ज्ञापनमा छ । बहुसंख्यक जनताको मर्म र चाहना विपरित हिन्दू राष्ट्र घोषणा गर्न आनाकानी गर्ने हो भने यसबारे जनमत संग्रह गर्न पनि माग गरिएको छ । जनमत नै लोकतान्त्रिक अधिकार हुने ज्ञापनमा छ । हिन्दू प्राचीन धर्ममात्र नभइ एउटा शान्तिको धर्म पनि भएको पत्रमा जोड दिइएको छ ।

सार्क राष्ट्र लगायत विश्वका दर्जनौं मुलुक क्रिश्चियन र इस्लाम घोषणा भएको अवस्थामा नेपाल हिन्दू राष्ट्र किन नहुने भन्ने प्रश्न समेत ज्ञापनमा गरिएको छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायतमा ६० प्रतिशत भन्दा कम क्रिश्चियन भएपनि गर्वका साथ बेलायतलाई क्रिश्चियन मुलुक भनिरहेको अवस्थामा नेपालका नेताहरुले यो तथ्य किन नबुझेको भन्ने असन्तुष्टि पनि पत्रमा छ । जुइस हिन्दूको तुलनामा धेरै न्यून भएपनि इजरायल जुइस राष्ट्र भएको र विश्वभरका इजरायलीहरु जुइस भएकामा गर्व गर्ने गरेको उदाहरण पनि ज्ञापनमा प्रस्तुत गरिएको फोरमका महासचिव चिरन्जिवी पौड्यालले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री