लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार विश्वासदीप तिगेलाले बनाएको प्यानलभित्रै मतभेद देखिएको छ । तिगेलाले उपाध्यक्ष र सचिव पदका लागि अघि सारेका क्रमशः योगकुमार फगामी र लारा (लक्ष्मी राई) आफ्नै टिममा यथावत रहेको दावी गरेका छन् भने फगामी र राईले आफूहरु नबस्ने बताइसकेका छन् ।
गैर आवासीय नेपाली संघ बेलायतका पूर्व महासचिव फगामी र लक्ष्मी राई (लारा) ले तिगेलाको टिममा आफूहरु नरहेको बताएपनि तिगेलाले उनीहरुको अभिव्यक्तिलाई अस्वीकार गरेका हुन् । ‘हाम्रो टिम यथावत छ’, तिगेलाले वीनेपालीसंग भने, ‘पटक पटक छलफल भएर मात्रै टिम घोषणा भएको हो । त्यसैले टिम यथावत छ, थप उत्साहका साथ आउंदैछांै ।’ उनका अनुसार विज्ञप्ति सार्वजनिक गर्नुअघि साथीहरुलाई सूचना दिन नसक्दा केही भ्रमको अवस्था आएपनि अहिले त्यो सबै मिलिसकेको छ ।
उता, पूर्व महासचिव तथा तिगेला टिमका उपाध्यक्षका उम्मेदवार भनिएका फगामीले आफूलाई तिगेला जस्ता अध्यक्षका अरु धेरै प्रत्यासीले अफर गरेको दावी गरे । ‘मलाई टिममा बस्न धेरैले अफर गरेका छन्, मलाई पनि एनआरएनए यूकेमा अझै काम गर्न मन छ’, फगामीले वीनेपालीसंग भने, ‘तरपनि मैले कसैलाई एस वा नो भनेको छैन्, सहयोग गरुंला मात्र भनेको छु । तिगेलाजीलाई पनि सहयोग गरुला पद र प्यानल नभन्नु भनेको हुं । तिगेलाजीले के आधारमा टिममा नाम राख्नु भयो थाहा छैन ।’
फगामीले आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिन सक्ने पनि बताए । फगामी पूर्व अध्यक्ष योगेनबहादुर क्षेत्रीसंग नजिक रहेर काम गर्दा केही विवादमा तानिएका थिए । फगामीका अनुसार, तीनसाता भित्र कुन पद र कसरी चुनाव लड्ने बारेमा ठोस् धारणा सार्वजनिक हुन्छ ।
यस्तै, लक्ष्मी राई (लारा) ले पनि आफू सचिव पदका लागि योग्य नभएको भन्दै टिममा बस्न अस्वीकार गरेकी छिन् । ‘म एनआरएनए युकेमा सचिव पदका लागि चुनाव लड्न योग्य छैन्, म टाडै बस्न चाहन्छु’, उनले वीनेपालीसंग भनिन् ।
अध्यक्ष बन्ने लहर
यसैबीच, एनआरएनए यूकेमा अध्यक्ष पदका लागि दावी गर्नेको संख्या दिनप्रतिदिन बढेको छ । हाल उपाध्यक्ष रहेका सूर्य नेम्वाङले पनि अध्यक्ष लड्ने घोषणा गरेका छन् भने अर्का उपाध्यक्ष हिराधन राईले यही शनिवार एउटा सभामार्फत औपचारिक घोषणा गर्ने कार्यक्रम छ ।
मुछेत्र गुरुङले अघिल्लो आइतबार अध्यक्षमा लड्ने घोषणा गरिसकेका छन् । अध्यक्ष दावी गर्ने अन्य केही अनुहारमा तस्विर लामा, सुरज केसी, वुद्धिराम थापा, कल्पना आङबुहाङ लगायत छन् । कमल गुरुङले भने एक लट निशुल्क चर्चा बटुलेर मुछेत्रलाई सघाउने वचन सहित विश्राम लिइसके ।
उम्मेदवार बन्ने लहर देख्दा सबैभन्दा सस्तो पद अध्यक्ष र संस्था एनआरएनए यूके झैं देखिएको कतिपयको टिप्पणी छ । बोल्दैमा पैसा तिर्न नपर्ने, अनलाइनतिर तस्विर र समाचार छापिने र पछि बार्गेनिङमा तलको कुनै सानो पद पाइने दाउमा अधिकांशको नाम आएको देखिएको छ । ‘उम्मेदवारी शुल्क एकहजार पाउण्ड धरौटी राख्नुपर्ने बेला तीन जना निस्किन पनि मुश्किल छ’, एक अग्रजको धारणा थियो, ‘संस्थालाई मागी खाने भांडो बनाउने भए ।’
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी