लन्डन । नेपालको मस्यौदा संविधान हात्ति आयो, हात्ति आयो फुस्सा भने जस्तै देखिएको छ । नेपालका राजनीतिककर्मीहरुमा कुनै आंट र भिजन रहेनछ भन्ने यो दस्तावेजले देखाएको छ । यसले नेपालको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने स्थिति पनि देखिंदैन । यो कुनै अग्रगामी संविधान होइन । यो यथास्थितिलाई निरन्तरता दिने दस्तावेज हो । यो टालटुल र गोलमोटलको दस्तावेज हो । असक्षम नेताको सानो झुण्डको हातमा सधैं शक्ति केन्द्रित गरि राख्ने योजनाले यो दस्तावेज आएको छ ।
जनताद्धारा प्रत्यक्ष रुपमा निर्वाचित कार्यकारी अधिकार सम्पन्न राष्ट्रपतीय शासन पद्धति २१ औं शताव्दीको नेपालको माग हो । तर, यो दस्तावेज यथास्थितिभन्दा माथि उठ्न सकेन । यो विकासमुखी संविधान पनि होइन । जहां कंगाल त्यहां चण्डाल भन्ने प्रवृत्ति नेपालको राजनीतिक र प्रशासनिक वृत्तमा व्याप्त छ । गरिवी नेपालको प्रमुख अभिसाप हो तर यो मस्यौदा संविधानले त्यसलाई संवोधन गर्दैन । नेपालमा न त कानुन बमोजिमको शासन छ न त सुशासन वा आर्थिक समृद्धि । यी जड कुरा संवोधन नगरिकन ल्याइएको संविधानले देशको पछौटेपन हटाउन धेरै मद्दत गर्ने छैन् ।
जहांसम्म प्रक्रियाको प्रश्न छ, यो एउटा महंगो अर्थहीन नाटक मात्र भएको छ । जहांसम्म संघीयताको प्रश्न छ, यो नेपालमा सबभन्दा गलत रुपमा बुझिएको अवधारणा हो । नेपाल जस्तो अत्यन्त फरक वस्तुस्थिति भएको मुलुकमा अरु देशको नक्कल गरेर समस्या समाधान हुंदैन । हाल विद्यमान ७५ जिल्लाको भौगोलिक र प्रशासनिक संरचनालाई नै अधिकतम अधिकार प्रदान गरि प्रादेशिक विकेन्द्रीकरणद्धारा संघीयताका मागलाई संवोधन गर्न सकिन्छ । अपरिपक्व रुपमा एकपटक नेपालमा पाण्डोराको बक्स खोलियो र यसले अनगिन्ती समस्या निम्त्यायो । अब फेरि अर्को पाण्डोराको बक्स खोल्न राजनीतिक दुर दर्शीताको अभाव भएका सबै खेमाका नेता तयार भएको देखिएको छ ।
जहांसम्म भाषागत प्रश्न छ, यो मस्यौदा दस्तावेजले राजनीतिक पम्पलेटको आभास दिन्छ । यसमा थुप्रै भाषागत, प्रक्रियागत, सैद्धान्तिक र संवैधानिक गल्ती र विरोधाभाष छन् । आशा छ, संविधानसभाले एउटा वीज्ञहरुको समिति बनाएर यसलाई राम्रो परिमार्जन गर्नेछ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च