‘हाई-हेल्लो! नमस्ते’ औपचारिकता अगावै साउथ ह्यारोस्थित चौतारी रेस्टुरेन्टमा भेटिएका ‘रातो घर’ सिनेमाका निर्माता निकेश लिम्बुले प्रश्न तेर्स्याए- ‘तपाईं पक्कै आउनुहुन्छ हैन, मेरो शो मा दिदी ?’
‘कुन शो?’ थाहा नपाए जस्तो गरेर मैले प्रति-प्रश्न गरें।
‘भाईको फिल्म नि….कालो काम गर्नेको, सेतो कथा: ‘रातो घर’ सिनेमाको ‘रेड कार्पेट प्रिमियर शो’ निकेशले जोसिंदै सुनाए ।
बर्षदिन अघि एकसाँझ, निकेशले फोनमा उत्साहित हुँदै मलाई सुनाएका थिए- ‘दिदी, ‘यो निकेश भाई सिनेमा निर्माता बन्दैछ है!’
पुन: धेरै महिनापछि निकेश फोनद्वारा सुझाव माग्छन्– ‘अल्डरशटको प्रिन्सेस हलमा मेरो नयाँ सिनेमा ‘रातो घर’ को रेड कार्पेट प्रिमियर गर्ने सोच छ ।’
उही निकेश खुशी हुँदै आज सुनाउँछन्, प्रिमियर शो को टिकट ‘शोल्ड आउट’ भईसक्यो ।’
नेपाली सिनेमाप्रति निकेशको आसक्ति- ‘रातो घर’ को रेड कार्पेट प्रिमियर शो। अन्तत: केहि नलेखि रहन सकिन ।
निकेश लिम्बू, धराने औसत युवा त्यो भन्दा पर्तिर – बेलायती गोर्खा सैनिक। ‘हँसिया’ सिनेमामा सह-निर्माता भएयता उनको परिचयको दायरा फराकिलो बन्ने क्रममा छ। सह-निर्माता हुँदै ‘रातो घर’ निर्माणदको लगानीदेखि पूर्ण निर्माता बनेका निकेशलाई सैनिक जीवनको हरियो पर्खालभित्र कतिबेला यो सिनेमाको ज्वरोले ग्रस्त बनायो होला? सोच्दैछु- ‘परेड खेल्दा, जंगल तालिम गए बखत या, पल्टनियाँ नम्बरीहरुसंग ‘मेसिङ्ग’ खाँदै गर्दा, कि, धराने भेलामा नेपाल सम्झंदा?’
निकेश जस्ता तीन दशक काटेका युवाहरु बेलायतको सैनिक जीवनको सन्दर्भमा भन्ने हो भने- घर किन्नु या महँगो कारको सौख राख्नु रेडिमेड जीवन शैली हो।
हो, प्रबासमा रहेर धेरैले नेपाली सिनेमा बनाएका छन्। निकेश पहिलो नाम हैन, नत उनले ऐतिहासिक फड्को मारेका छन्। आम सोच र अड्कलबाजी यस्तै हुनसक्छ।
निकेशले २५ जुलाईमा तय गरिएको ‘रातो घर’ सिनेमको रेड कार्पेट जेजस्तो परे पनि रद्ध नगर्ने भन्ने फेसबुक स्टाटस अपडेट गर्दै गर्दा……. नेपालमा गएको विनाशकारी भूकम्पको प्रभावले तहसनहस धेरै जनधन- दैनिकीहरु प्रभावित नै थियो । पहिले तय गरिएका धेरै कार्यक्रमहरु समेत रद्ध गरिएका थिए। भूकम्पको सोहि बहाना गर्दै निकेशलाई मैले रोक्नु खोजेको थिएँ- ‘रेड कार्पेट कार्यक्रम नगर्नु बेश होला भाइ, समय अनुकुल छैन’।
आज निकेशले मलाई दह्रो झापट हाने- ‘दिदी ! टिकट ‘शोल्ड आउट’ भईसक्यो।
यहि होला सायद सच्चा सिपाही हुनुको परिचय। मैदानमा जीत मात्रै हुँदैन, पराजयलाई पनि गर्बले आत्मसातको तयारी। सहि मायनामा- बहादुर सिपाही। नेपाली सिनेमाप्रति निकेशको आसक्ति, मोह या बहुलट्ठीपन। निकेश जस्ता अपबादहरुले मात्रै यस्तो जोखिम मोल्न सक्छन्।
त्यसो त सपना सबैले देख्छन्। सपना देख्नु पैसा लाग्दैन। निकेशले तर आफ्नो सपनामा धेरै पैसा खर्चिएका छन्। अनुहारमा कति पनि मुजा नबनाई सुनाउछन् उनि- ‘प्रबासमा रहेर नेपाली सिनेमाप्रतिको उनको लगानी नाफामुलक नभएर, नेपाली सिनेमाको उठान र बजारका लागि हो ।’
बजारको सन्दर्भमा-
जानिफकारहरु भन्छन् – ‘ग्लोबल भिलेज भो’ रे! संसार। खै त नेपाली सिनेमाको बजार?
भारतको एउटा प्रान्त अल्पसंख्यक तेलेगुभाषीहरुले बनाएको ‘बाहुबली’ को चर्चा चुलिंदो छ यतिखेर सिने-जगतभरि। धेरै बर्षको लामो ईतिहास भएको छैन बलिउड़ सिनेमाले ग्लोबल बजारको फड्को मारेको। आप्रबासी भारतीयहरु बसोबास गरेको मुलुक हुँदै बिस्तारै बलिउड़ सिनेमाले करोडौं ब्यापार गर्नु सफल हुँदै गएको अवस्था हो
मुलुक बाहिर रोजगारी या बिस्थापित हुँदै गईरहेका नेपालीहरुको लर्कोसंगै उनीहरुले छोडेको माटोको मायालाई आत्मसात गर्ने हो भने, आप्रबासी नेपाली सिनेमाको बजार बढ्दो नै छ। नेपाली सिनेमा- मुलुकभित्र आर्थिक लगानी, आम्दानी भित्र्याउनु सक्ने आयश्रोतको एउटा माध्यम हुनसक्छ । यहि मेसोमा- नेपाली कला-संस्कृतिको ग्लोबल बजार कसो नबढ्ला? सानो बजेट एबं सिमित प्राबिधिक ढाँचामा बन्ने गरेका हाम्रा नेपाली सिनेमाहरुको बिश्व -बजारको दुरी अझै टाढा रहे पनि छलाङ्ग असम्म्भव भने छैन।
सहि समय सायद कहिले नआउँला, समय हामी आफैंले नै बनाउनु पर्ने रहेछ।
अघिल्लो हप्ता आईतबारमात्रै नेपाल उडेका सिने-निर्देशक मिलन चाम्स, यो आईतबार दिउँसो साउथ ह्यारो स्थित ‘चौतारी’ रेस्टुरेन्टमा टुप्लुक्क भेटिए। चर्चित ‘हँसिया’ नेपाली सिनेमाका निर्देशक चाम्स भन्दै थिए- केहि महिना यता नेपाल-बेलायत पानी-पँधेरो भईरहेको छ। ‘कालो काम गर्नेको सेतो कथा ‘रातो घर’ का निर्देशक सुरज सुब्बा नाल्बो पनि नेपालदेखि सोहि रेड कार्पेटका लागि अहिले बेलायत आइपुगेका छन्। सिनेमा हेरिसकेपछि नै ‘रातो घर’ को लेखाजोखा गरौंला । अहिलेलाई-
‘सुकेको हाँगामा टेकेको चरालाई, त्यो हाँगाभन्दा पनि आफ्नो पखेटामा बिश्वाश हुन्छ रे !’ त्यो चरा जस्तै अदम्य आत्मविश्वासी निकेश लिम्बूको सपना, नेपाली सिनेमारुपी पखेटा भुइँकुईरो जस्तै उड्दै, उड्दै बिश्व-आकाश ढाक्न सकोस्। अनेक शुभ कामना !!!
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’