लन्डन । घरबारविहीन स्कटिसहरुको स्वास्थ्यबारे उत्कृष्ट अनुसन्धान
गर्ने नेपालीसहितका खोजकर्ताले अवार्ड जितेका छन् ।
रोबर्ट गोर्डन युनिभर्सिटीमा प्राध्यापनमा संलग्न प्रमुख अनुसन्धानकर्ता डा. विभु पौड्यालले विजेता समूहको तर्फबाट एनएचएस स्कटल्याण्ड अवार्ड ग्रहण गरे । कुल ५९ प्रिजेन्टेशनमध्ये रोबर्ट गोर्डन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुको समूह र एनएचएस ग्राम्पियन कर्मचारीले ‘पर्सन सेन्टर्ड केयर’ क्याटेगोरीमा अवार्ड जितेका
हुन् ।
एनएचएस स्कटल्याण्डका चिफ एक्जुकेटिभ पल ग्रेले ग्लास्गोमा आयोजित एक समारोहबीच प्रमुख अनुसन्धानकर्ता पौड्याललाई अवार्ड प्रदान गरेका थिए । उक्त समारोहलाई सम्वोधन गर्दै डेपुटी फष्ट मिनिष्टर एवं ‘क्याबिनेट सेक्रेटरी फर फाइनान्स्’ जोन स्वीने एमएसपीले विजेतालाई वधाइ दिए ।
उक्त संयुक्त अनुसन्धानका लागि म्यारीवेल होमलेस् हेल्थ केयर सेन्टर एवरडिन र एवरडिन सिटी कम्युनिटी हेल्थ पार्टनरसीपका खोजकर्ताहरु प्राध्यापक डेरेक स्टेवार्ट, डा. केटी म्याकलुर, डा. क्यारोल बुखानन, लिज विल्सन् र जोन म्याक लियोड संलग्न थिए ।
प्रमुख अनुसन्धानकर्ता पौड्यालले आफूहरुको अध्ययनले एवरडिनका घरवारबिहीन समुदायमा औषधि व्यवस्थापनका चुनौती र उनीहरुको स्वास्थ्य जोखिम एवं सेवा पहुंचमा भोगिरहेको समस्या उजागर गरेको बताए ।
उनीहरुको अनुसन्धानको विषय ‘होमलेस् प्यासेन्ट्स एण्ड दियर मेडिसिन्स्, एक्सप्लोरिङ एक्सपेक्टेसन्स्, बिलिफ्स एण्ड बिहेवियर्स’ थियो ।
अध्ययनले एवरडिनस्थित घरवारबिहीन स्कटिसहरुले कसरी औषधोपचार गराइरहेका छन् भन्नेबारे दर्शाएको छ । घरवारबिहीनहरुलाई स्वास्थ सेवा प्रदायकसम्म पुग्न यातायात सुविधा अभाव भएको र उनीहरुले औषधोपचार भन्दा बासस्थानमा बढि प्राथमिकता दिनुपरेको अध्ययनले उजागर गरेको छ ।
औषधि राख्ने उचित स्थान नहुंदा चोरी हुने वा हराउने र कतिपयले मोजामा राख्ने गरेको समेत अध्ययनमा पाइएको छ ।
अवार्ड ग्रहणपछि पौड्यालले अवार्डबाट यस क्षेत्रमा थप अनुसन्धानका लागि प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । अर्का खोजकर्ता एनएचएस ग्राम्पियनका लिड फार्मेसिस्ट जोन म्याक लोयडले आफूहरुको अनुसन्धान राष्टिय तहमा मुल्यांकन भएकामा प्रसन्नता व्यक्त गरे ।
पौडेलले सन् २०११ मा रोबर्ट गोर्डन युनिभर्सिटीबाटै विद्यावारिधी गरेका हुन् ।
उनी अहिले सोही विश्वविद्यालयमा फार्मेसी प्राक्टिस, स्कुल अफ फार्मेसी एण्ड लाइफ साइन्सेस्का प्राध्यापक छन् । उनका अन्तर्राष्ट्रिय जर्नलहरुमा अनेकौं लेख प्रकाशित छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी