लन्डन । घरबारविहीन स्कटिसहरुको स्वास्थ्यबारे उत्कृष्ट अनुसन्धान
गर्ने नेपालीसहितका खोजकर्ताले अवार्ड जितेका छन् ।
रोबर्ट गोर्डन युनिभर्सिटीमा प्राध्यापनमा संलग्न प्रमुख अनुसन्धानकर्ता डा. विभु पौड्यालले विजेता समूहको तर्फबाट एनएचएस स्कटल्याण्ड अवार्ड ग्रहण गरे । कुल ५९ प्रिजेन्टेशनमध्ये रोबर्ट गोर्डन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुको समूह र एनएचएस ग्राम्पियन कर्मचारीले ‘पर्सन सेन्टर्ड केयर’ क्याटेगोरीमा अवार्ड जितेका
हुन् ।
एनएचएस स्कटल्याण्डका चिफ एक्जुकेटिभ पल ग्रेले ग्लास्गोमा आयोजित एक समारोहबीच प्रमुख अनुसन्धानकर्ता पौड्याललाई अवार्ड प्रदान गरेका थिए । उक्त समारोहलाई सम्वोधन गर्दै डेपुटी फष्ट मिनिष्टर एवं ‘क्याबिनेट सेक्रेटरी फर फाइनान्स्’ जोन स्वीने एमएसपीले विजेतालाई वधाइ दिए ।
उक्त संयुक्त अनुसन्धानका लागि म्यारीवेल होमलेस् हेल्थ केयर सेन्टर एवरडिन र एवरडिन सिटी कम्युनिटी हेल्थ पार्टनरसीपका खोजकर्ताहरु प्राध्यापक डेरेक स्टेवार्ट, डा. केटी म्याकलुर, डा. क्यारोल बुखानन, लिज विल्सन् र जोन म्याक लियोड संलग्न थिए ।
प्रमुख अनुसन्धानकर्ता पौड्यालले आफूहरुको अध्ययनले एवरडिनका घरवारबिहीन समुदायमा औषधि व्यवस्थापनका चुनौती र उनीहरुको स्वास्थ्य जोखिम एवं सेवा पहुंचमा भोगिरहेको समस्या उजागर गरेको बताए ।
उनीहरुको अनुसन्धानको विषय ‘होमलेस् प्यासेन्ट्स एण्ड दियर मेडिसिन्स्, एक्सप्लोरिङ एक्सपेक्टेसन्स्, बिलिफ्स एण्ड बिहेवियर्स’ थियो ।
अध्ययनले एवरडिनस्थित घरवारबिहीन स्कटिसहरुले कसरी औषधोपचार गराइरहेका छन् भन्नेबारे दर्शाएको छ । घरवारबिहीनहरुलाई स्वास्थ सेवा प्रदायकसम्म पुग्न यातायात सुविधा अभाव भएको र उनीहरुले औषधोपचार भन्दा बासस्थानमा बढि प्राथमिकता दिनुपरेको अध्ययनले उजागर गरेको छ ।
औषधि राख्ने उचित स्थान नहुंदा चोरी हुने वा हराउने र कतिपयले मोजामा राख्ने गरेको समेत अध्ययनमा पाइएको छ ।
अवार्ड ग्रहणपछि पौड्यालले अवार्डबाट यस क्षेत्रमा थप अनुसन्धानका लागि प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । अर्का खोजकर्ता एनएचएस ग्राम्पियनका लिड फार्मेसिस्ट जोन म्याक लोयडले आफूहरुको अनुसन्धान राष्टिय तहमा मुल्यांकन भएकामा प्रसन्नता व्यक्त गरे ।
पौडेलले सन् २०११ मा रोबर्ट गोर्डन युनिभर्सिटीबाटै विद्यावारिधी गरेका हुन् ।
उनी अहिले सोही विश्वविद्यालयमा फार्मेसी प्राक्टिस, स्कुल अफ फार्मेसी एण्ड लाइफ साइन्सेस्का प्राध्यापक छन् । उनका अन्तर्राष्ट्रिय जर्नलहरुमा अनेकौं लेख प्रकाशित छन् ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने