लन्डन । नेपालका भूकम्प पीडितका लागि शान्तिको कामना गर्दै साउथ इस्ट लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा तीन दिने महायज्ञ सम्पन्न भएको छ । महायज्ञबाट २८ हजार पाउण्ड (झन्डै ४५ लाख रुपैयां ) चन्दा संकलन समेत भएको छ । नेपाली समुदायबाट स्थापित युरोपकै पहिलो यो हिन्दू मन्दिरको पांचौ वार्षिकोत्सवका अवसरमा महायज्ञ गरिएको हो । गत शुक्रबार सुरु महायज्ञ पूजा पाठ, प्रवचन, भजन किर्तन लगायत विविध कार्यक्रम गर्दै आइतबार समापन भएको छ । उक्त महायज्ञमा बेलायतका विभिन्न क्षेत्रबाट हजारौं नेपाली सहभागी भए ।
उक्त अवसरमा चन्दा दाताहरुलाई सम्मान समेत गरिएको थियो । ५ हजार पाउण्ड भन्दा माथिको सहयोग गर्नेहरु स्थानीय कृष्ण क्षेत्री (५ हजार ५ सय ), पत्रकार फडिन्द्र भट्टराई ( ५ हजार १ सय ५१ ), व्यवसायी दिपक श्रेष्ठ (५ हजार) र मिलन भट्टराई (५ हजार) मन्दिरको ट्रस्टी समूहमा प्रवेश गरेको मन्दिर व्यवस्थापनले जनाएको छ । आयव्ययको पूर्ण विवरण पश्चात संकलित रकमको अंश नेपालमा भूकम्पले क्षति पुगेका ऐतिहासिक मन्दिरको पुनस्र्थापना तथा जिर्णोद्वारमा लगाइने आयोजकले बताएका छन् ।
पहिलो दिन पण्डित निलहरी घिमिरे र मन्दिर समितिका अध्यक्ष होम शर्माले मन्दिरको गेटमा रिवन काटेर महायज्ञ उद्घाटन गरेका थिए । मन्दिरभित्रको सामूहिक संकल्पबाट शुरु भएको यज्ञमा नवग्रह पूजा, सत्य नारायण पूजा, रुद्राभिषेक, रुद्री बेद चण्डी वाचन, सामूहिक पुर्णाहुति जस्ता वैदिक कार्यक्रम सञ्चालन भएको जानकारी महायज्ञ संयोजक पण्डित निलहरी घिमिरेले दिए ।
त्यसैगरि प्रत्येक दिनको सामूहिक आरती, प्रसाद वितरण पश्चातको सांस्कृतिक भजन किर्तन, नाचगान आकर्षक देखिन्थ्यो । अन्तिम दिनको कार्यक्रममा गुरुकुलका आमन्त्रित साधुहरु भक्त बत्सल स्वामी तथा भक्ति बेदान्त स्वामीद्वारा पुर्णाहुति विशेष हवन पश्चात प्रवचन दिइएको थियो भने प्रत्येक दिन सांझ लक्षबर्ती प्रज्वलन गरिएको थियो । कार्यक्रममा चार जना पण्डित निलहरी घिमिरे, कमल लुईंटेल, विनोद पन्थी र दधिराम काफ्लेद्वारा पुजा सञ्चालन गरिएको थियो । त्यस्तै मन्दिरभित्रको देवालय सरिता पौडेल, तुलसा शर्मा लगायत महिलाबाट उद्घाटन गरिएको छ ।
सपरिवार महायज्ञमा पुगेका बेलायतवासी नेपालीहरु यो विशेष पूजाआजाको माहोलमा निकै रमेका देखिन्थे । पूजामा मात्रै केन्द्रित भन्दा पनि नयां पुस्ताका केटाकेटीलाई नेपाली संस्कार र परम्परामा घुलमिल गराउने अवसरको रुपमा यस्तो कार्यक्रमको महत्व बढि हुने महायज्ञमा पुगेका अधिकांश सहभागीले बताए । महायज्ञको आन्तरिक व्यवस्थापनमा महिला स्वयंसेविकाहरुको विशेष सक्रियता देखिन्थ्यो ।
बेलायतमा बस्ने नेपालीहरुले भावी पुस्तालाई आफ्नो धर्म र संस्कारप्रति कसरी जोडी राख्ने भन्ने तर्फ केन्द्रित रहंदै आफ्नो परम्परा अनुसारका यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको पाइन्छ ।
नेपालका धार्मिक पर्वहरुमा विशेष पूजा सञ्चालन हुने यो लण्डनको नेपाली मन्दिरमा आवासीय पूजारीले दैनिक नित्य पुजा समेत संचालन गर्दै आएका छन् । मन्दिरमा दशैं तीज लगायतका चाडपर्वमा स्थानीय नेपालीहरुको घुईंचो लाग्ने गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा