लन्डन । चितवन एड ट्रष्ट (क्याट) यूकेको अध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आइतबार लेक साइड कम्प्लेक्स् एबीउडमा सम्पन्न ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयां कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्य तामाङ र उपाध्यक्षहरुमा देवेन्द्र श्रेष्ठ, सुनील खडका, रितेश पाण्डे र भगवती रानाभाट छानिएका छन् । त्यस्तै, सचिवमा यादव श्रेष्ठ, कोषाध्यक्ष समीर खनाल, सहसचिव जीवन सेन, र सहकोषाध्यक्षमा तारा पौडेल चुनिएको संस्थाले जनाएको छ ।
अधिवेशनले सदस्यहरुमा मुना पौडेल, राम भट्टराई, दिपेन्द्र अधिकारी, विनय अधिकारी, आनन्द धरेल, शालिक सापकोटा, हरिकृष्ण पौडेल र पार्वती न्यौपानेलाई चुनेको छ ।
नयां नेतृत्व चयनका लागि संस्थाका पूर्व अध्यक्षहरु लोक गुरुङ र राजेन्द्र खरेल तथा उपाध्यक्षद्धय कमल पौडेल र टिका पौडेल सम्मिलित एउटा निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि संस्थाका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता र गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्ष महेन्द्र कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा क्याट यूकेले गरेका विविध गतिविधिबारे जानकारी दिइयो । सो क्रममा अध्यक्ष गुरुङले बेलायतमा रहेका चितवनवासीहरुलाई एकत्रित र आपसी सद्भाव प्रवर्धन गर्ने उद्देश्यले सन् २००४ मा संस्था गठन गरिएको जानकारी दिए । उनले संस्थाले चितवनका धेरै दुर्गम गाउंमा विभिन्न परोपकारी काम गर्दै आएको जनाउंदै भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि २२ हजार पाउण्ड संकलन भइसकेको जनाए ।
महासचिव सूर्य तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष कृष्ण तिवारीले संस्थामार्फत कविलास गाविस ९ स्थित भूकम्पले क्षतिग्रस्त ढोढेनी राष्टिय प्राविको पुनर्निर्माणका लागि २२ लाख रुपैयांको परियोजना तयार गरिएको जनाए । तिवारीले संस्थाको तर्फबाट १४ लाख, आफ्नो व्यक्तिगत तर्फबाट तीन लाख रुपैयां एवं बांकी क्याट यूके पदाधिकारीहरुबाट ५ लाख रुपैयां संकलन गरि स्थानीय निकायको समन्वयमा परियोजना सञ्चालन गरिने जनाए ।
सोही अवसरमा उक्त परियोजनाका लागि तारा अर्याल र गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्ष महेन्द्र कंडेलले ५०, ५० हजार रुपैयां दिने प्रतिवद्धता व्यक्त गरेका छन् । वार्षिक साधारणसभामा कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ र एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले उद्घाटन गरेको उक्त कार्यक्रमको दोश्रो चरणमा नीरमाया रोधीघर आवद्ध कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।
यसैबीच, संस्थाले भूकम्प पीडित पत्रकारका लागि तीनसय पाउण्ड दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?