गोर्खाली समाज यूकेले पुनर्निर्माणमा २० लाख खर्चने

IMG_9904

लन्डन । गोर्खाली समाज यूकेले गोरखामा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणका लागि करिब २० लाख रुपैयां खर्चने भएको छ । समाजको शनिवार अल्डरसटस्थित कन्नट स्कुलमा आयोजित वार्षिक भेलामा अध्यक्ष भरत रोकाले उक्त घोषणा गरेका हुन् ।

कार्यक्रममा स्वगत मन्तव्य दिंदै अध्यक्ष रोकाले विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा करिब २० लाख रुपैयां खर्चने संस्थाको उद्देश्य अनुरुप केही रकम उठाइसकिएको र आगामी दिनमा समेत च्यारिटी डिनर कार्यक्रम गरि अर्थ संकलन गर्ने संस्थाको योजना सुनाए ।

उक्त कार्यक्रममा प्रमुख अतिथी थिए समाजका संरक्षक डा. राघवप्रसाद धिताल (ओबिइ) । समाजका संरक्षक डा. धिताल र अध्यक्ष रोकाले संयुक्त रुपमा पानसमा दियो बाली उक्त भेला उद्घाटन गरेका थिए । कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गान बजाएर गरिएको थियो भने गत 
बैशाख १२ गते गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाई गएको विनासकारी महाभूकम्पबाट आफ्नो जीवन गुमाउने दिवंगतहरुको सम्झनामा एक मिनेट मौनधारणा पनि गरिएको थियो ।

समाजका उपाध्यक्ष जय प्रकाश गुरुङले विनाशकारी महाभूकम्पका बेला आफू र महासचिव गोपाल गुरुङ नेपालमै भएको र एनआरएनए आइसिसी को सहयोगमा गोरखाको विभिन्न ठाउंमा गइ राहत वितरण गरेको जानकारी दिए । गोरखाली युथ कोअर्डिनेटर नवीना गुरुङले आफ्नो नेतृत्वमा १६ जना युवाले जिल्लाका विभिन्न ठाउंमा गएर भूकम्प पीडितलाई राहत सामग्री वितरण साथै स्वस्थ्य सेवा उपलब्ध गराएको जानकारी गराइन् ।

कार्यक्रममा समाजका संरक्षक डा. राघवप्रसाद धिताल (ओविइ) ले गोरखा जिल्लाका लागि अतुलनीय काम गर्ने जितबहादुर थापा, लालबहादुर थापा र लामो समय हाइस्कुलमा हेडमास्टर गर्ने शिक्षावीद कृष्णप्रसाद ढकाललाई खादा लगाई सम्मान गरे । साथै धितालले
युनिभर्सिटी अफ ब्राडफोर्डसायरबाट नर्सिङमा डिग्री गर्ने ममता थापा र सेन्ट म्यारी युनिभर्सिटीबाट मिडियामा डिग्री गरेकामा रुद्र ढकाललाई खादा साथै 
प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।

कार्यक्रममा इतिहासमा पढिएको, सुनिएको दौडेर राजा हुने प्रचलनको झल्को दिने गरि लिगलिगे दौड पनि आयोजना गरिएको थियो । उक्त दौडमा राजाराम कार्की प्रथम भए भने लक्षिणकुमार थापा दोस्रो स्थान । उनीहरुलाई लोकगायक गणेश गुरुङ र गोरखाली समाज यूकेका अध्यक्ष भरत रोकाले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक सचिव निराराज गुरुङको नेतृत्वमा निरमाया गामबेसी रोधीघरका कलाकारहरु गणेश गुरुङ, कल्पना गुरुङ, दुर्गा परियार, सुक गुरुङ, दिनेश गुरुङ, वाद्यवादक तुलसी रानाद्वारा विभिन्न लोकगीत प्रस्तुत गरिएको थियो । उक्त सांस्कृतिक टोलीलाई सांस्कृतिक सचिव निराराज गुरुङ र गोरखाली समाज यूकेका अध्यक्ष रोकाले खादा र प्रमाण पत्र दिएर सम्मान गरेका थिए । वार्षिक भेलामा केटाकेटी देखि बुढाबुढीसम्मले कम्मर मर्काई मर्काई नाचिरहेका देखिन्थे ।

उक्त भेलालाई प्रायोजन गरि विशेष सहयोग गर्नेहरुमा सल्लाहकारहरु खुसीमान गुरुङ, डाक्टर राजुबाबु श्रेष्ठ, पञ्चमान गुरुङ, गोर्खा किचन (फडक जित गुरुङ, भिम गुरुङ), देउराली ट्राभल्स्का आशिसराज पन्त, गोर्खा ज्वेलरीका कृष्णकुमार श्रेष्ठ, टिपिजी ड्राइभिङ स्कुलका थमप्रसाद गुरुङ, माउस टेल सर्भिस्का मान गुरुङ, अध्यक्ष भरत रोका, उपाध्यक्ष जय प्रकाश गुरुङ, उपाध्यक्ष कर्ण दर्लामी, कोअर्डिनेटर सचिन श्रेष्ठ, कोषाध्यक्ष भिम प्रसाद तामाङ र सचिव असोक ढकालले गरेका थिए । उक्त स्पोन्सरबाट उठेको रकमबाट राफल चिट्टा पनि गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा समाजका उपाध्यक्ष कर्ण दर्लामीले समस्त सहयोगी, दर्शक एवं स्वादिष्ट खाना उपलब्ध गराउने गोर्खा किचनलाई धन्यवाद दिए । कार्यक्रममा फोटोग्राफीको जिम्मा समाजका पब्लिक रिलेसन सचिव हरि गुरुङ र भिडियोग्राफी मान गुरुङले लिएका थिए । उक्त दिनको औपचारिक कार्यक्रम सञ्चालन समाजका सचिव असोक ढकालले गरेका थिए ।

भेलाको अतिथीहरुमा एनआरएनए यूके पूर्व अध्यक्ष योगेनबहादुर क्षेत्री, समाजसेवी कृष्णप्रसाद ढकाल, तनंहु जिल्ला समाज यूकेका अध्यक्ष लेख गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष तुलाराम गुरुङ, इलाम पोखरी समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, गोर्खा सेवा समाज यूएईका उपाध्यक्ष रामचन्द्र ढकाल लगायत समाजका कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु लगायतको सहभागिता थियो ।

IMG_9972

प्रतिक्रिया

सम्बन्धित सामाग्री