लन्डन । आइतबार अबेर सम्पन्न तेश्रो मिस्टर यूके नेपाल बडी बिल्डिङ च्याम्पियनसीपमा जबिन्द्र राईलाई सफलता मिलेको छ । कुल ११ प्रतिष्पर्धीबीच राईले ओभरअल क्याटेगोरीमा प्रथम स्थान ओगट्दै एकहजार पाउण्ड नगद, मेडल र प्रमाणपत्र पाए । ‘नेपालीले नै गरेको प्रतिष्पर्धामा प्रथम उपाधि जित्दा सार्है खुशी छु’, उनले वीनेपालीसंग खुशी बांडे, ‘यस्तो सफलताले यसैमा करिअर बनाइरहेका म जस्तालाई अगाडि बढ्न उत्प्रेरित गर्छ ।’
राईले गत महिनामात्र यूनाइटेड किङ्डम बडी बिल्डिङ एण्ड फिटनेश फेडेरेशनको जेड के के क्लासिक टुर्नामेन्टमा प्रथम स्थान जित्न सफल भएका थिए । नर्थहोल्ट लन्डन निवासी राईले प्रतियोगिताको मास्टर्स क्याटगोरिजमा प्रथम स्थान सुरक्षित गरेपछि उनी यसै वर्षको अक्टोबर ३ र ४ मा बेलायतमा हुने यूके बडी बिल्डिङ एण्ड फिटनेश फेडेरेशन ब्रिटिश फाइनलमा भिड्न योग्य भएका छन् ।
यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले आयोजना गरेको उक्त प्रतिष्पर्धामा मास्टर क्याटेगोरीमा गोकुल गुरुङ वीनर बनेका छन् । प्रतिष्पर्धामा ओभरअल क्याटेगोरीमा ७ र मास्टर क्याटेगोरीमा चार जना भिडेका थिए ।
आयोजक यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशका अध्यक्ष भीम (महेन्द्र) गुरुङले प्रथम पुरस्कार एकहजार पाउण्ड प्रायोजन गर्ने गैर आवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष योगेन क्षेत्री, मुख्य प्रशिक्षक सानु गुरुङ, सहप्रशिक्षक किशोर गुरुङ, मिडिया, अन्य प्रायोजक लगायत सबै सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।
मुख्य प्रशिक्षक मिस्टर नेपाल सानु गुरुङ प्रतिष्पर्धीलाई प्रशिक्षण दिन केही महिनायता बेलायत छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते