लन्डन । भूकम्पले नेपालीहरुलाई मात्र होइन, संसारभरका विदेशीलाई समेत विक्षिप्त बनायो । विनाशकारी उक्त प्राकृतिक प्रकोपका कारण तड्पिरहेका मानिसहरुले आआफ्नो ठाउंबाट पीडितलाई सहयोग गरे र गर्ने क्रम जारी छ । यसै परिप्रेक्ष्यमा भारतीय मुलकी एक ब्रिटिश युवती अनिता दत्तले एउटा उदाहरणीय सहयोग गरेकी छिन् संगीत र कविताका माध्यमबाट ।
कलकत्ताबाट आएका आफ्ना डाक्टर बाबु आफू १४ वर्षको हुंदा अचानक मृत्यु भएपछि शोकाकुल भएकी अनिताले यसपछिका दिनहरु आफ्नो बाबुको उद्गमस्थल कलकत्ता गई त्यहांको भाषा, संस्कार, संस्कृतिबारे अध्ययन गरिन् । बंगाली भाषा लेखपढ गर्न थालेर क्याब्रीज युनिभर्सिटीबाट डिग्री गरि अहिले उनी यूनिभर्सिटी अफ लन्डनमा एन्थ्रोपोलोजी विषयमा पिएचडी गरिरहेकी छिन् ।
भुईंचालोले तड्पिरहेका नेपालीहरुको घाउमा मलम लगाउन आफू इच्छुक भएपछि अनिताले आफ्नो डिपार्टमेन्ट हेड तथा नेपाली साहित्यका ज्ञाता प्रा. माइकल हटसंग सल्लाह मागिन् । प्रा. हटले जया राई, विकल आचार्य, गोपी सापकोटा, नारायण अधिकारीसंग सम्पर्क गर्नु भनि इमेल दिए । त्यसपछि यिनको सम्पर्क नेपाली श्रष्टाहरुसंग बढ्यो ।
अनिता दत्त र उनका भाइले शनिबार बेलुकी पूर्वी लन्डनको साउथ उडफोर्डस्थित सेन्ट मेरी चर्चमा गाए नेपाली गीत र कविता । उनीहरुले अनेक गीत कविता वाचन गर्दै सबैलाई मुग्ध बनाए । यी दुवैको अदभूत खुबीले सबैको मन तानिहाल्यो । आदिकवि भानुभक्त आचार्यलाई उनको जन्मोत्सव पारेर ल्याइयो चुदी रम्घादेखि लण्डनका मनहरुमा । प्रत्येक व्यक्तिको दश पाउण्ड लगाइएको शुल्क सबै नेपालका भूकम्प पीडितलाई पठाइने कुरा भनेपछि चर्चभित्रका सबैले औधी ताली बजाई नेपालीको दुःखमा एक्येवद्धता जाहेर गरे ।
कार्यक्रममा अन्तर्राष्टिय बांगमय प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यले नेपाली साहित्यको चर्चा गर्दै भौगोलिक सिमानाले साहित्यलाई नछेक्ने कुरा गर्दै आफ्नो कविता सुनाएका थिए ।
प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटाले आदिकवि भानुभक्त आचार्यबारे चर्चा
गर्दै घांसीको बखान गरि उनको प्रेरणाले भानुलाई जागरूप बनाएको कुरा रोचक शैलीमा प्रस्तुत गर्दै तीनवटा कविता वाचन गरेका थिए ।
प्रतिष्ठानकी महासचिव जया राईले सबैलाई धन्यबाद दिदै अनिताले नेपालीहरुलाई देखाएकी सदासयताका लागि आभार प्रकट गरेकी थिइन् ।
कार्यक्रमको अर्को रौनक वालिका निहारिका सापकोटाको दुई वटा नृत्यले सबैको मन तानेको थियो । कार्यक्रममा निर्मला सापकोटा, सरिता राई, नारायण अधिकारी लगायत अरुका कविताले हल गुन्जयमान भएको थियो । यस्तो उत्कृष्ट कार्यक्रम गर्ने अनिता दत्तको तारिफ सबैले गरिरहेका थिए ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते