लन्डन । डार्टफोर्ड नेपलिज कम्युनिटीको अध्यक्षमा राजेश पाठक सर्वसम्मत चयन भएका छन् । समाजको शनिवार सम्पन्न वार्षिक साधारण सभाले दुई वर्ष कार्यकालका लागि उपाध्यक्षमा उमाकान्त गुरुङ, महिला उपाध्यक्ष रश्मी पराजुली, महासचिव दीपक थापा, सचिव बाबुराम गुरुङ र कोषाध्यक्षमा सन्तोष श्रेष्ठ सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरि, सदस्यहरुमा रमेश गुरुङ, गिता गुरुङ, वेद भट्टराई, सुनिता थापा, दीपा पौडेल कोइराला, सुनिल न्यौपाने र अमिर घले छनौट भएका छन् ।
भेलाले संगीत, सांस्कृतिक संयोजकमा श्रीमति सुनिता थापा, युवा र खेल संयोजकमा लिला गुरुङ, महिला संयोजकमा गिता गुरुङ र अवकासप्राप्त गोर्खा संयोजकमा तारा पुलामी चुनिएका छन् ।
वार्षिक साधारण सभाले संस्थाको विधान संशोधन गर्दै एक महिला उपाध्यक्ष र एक सदस्य थप्ने निर्णय गरेको छ ।
नर्थ वेष्ट केन्ट कलेजमा आयोजित भेलामा एकसय २० जना भन्दा बढि सहभागी थिए ।
उक्त वार्षिक भेलामा फुटबल, म्यूजिकल चियर, डोरी तान्ने खेल साथै बीबीक्यू समेत समावेश थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते