लण्डन । गैर आवासीय नेपाली संघ (एनअारएनए) अाइसिसीले एनअारएनए युकेलाई सेप्टेम्बर १५ अगावै राष्ट्रिय समितिको निर्वाचन गराउन निर्देशन जारी गरेको छ ।
अाइसिसीको निर्देशनको हवाला दिँदै युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले आज एनअारएनए युकेलाई पठाएको पत्रमा सो मितिभित्र राष्ट्रिय महाधिवेसन नगराए विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेसनमा भाग लिनबाट वन्चित हुनुपर्ने पनि स्मरण गराइएको छ ।
पत्रमा भनिएको छ- ”आज बसेको ४७ औं अाइसिसी बैठकले सबै राष्ट्रिय समन्वय परिषदले १५ सेप्टेम्बर पहिले राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु पर्ने भन्ने निर्देशन जारी गरेको साथै समय सिमाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न नगर्ने राष्ट्रिय समन्वय परिषदले विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन नपाईने जानकारी गराउँदै १५ सेप्टबर अगावै यथाशिघ्र मिति तोकी अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान तथा राष्ट्रिय समन्य परिषद महाधिवेशन नियमावली अनुसार राष्ट्रिय महाधिवेशन सम्पन गर्नु हुन हार्दिक अनुरोध छ ।”
स्मरण रहोस् एनअारएनए युकेले महाधिवेसनका लागि सेप्टेम्बर २० को दिन तोकेको छ ।
एनअारएनए युकेका प्रवक्ता अर्जुन कटवालले अाइसिसीको निर्णय आउनु अगावै एनअारएनए युकेले महाधिवेसनको मिति तोकेर हल समेत बुक गरिसकेकोले अाइसिसीलाई सोही मितिमा महाधिवेसन गर्न पाउँ भनी पत्राचार गर्ने बताए ।
”अाइसिसीको निर्णयभन्दा अगावै हाम्रो निर्णय भइसकेकाले हाम्रो हकमा सो निर्देशन लागू हुँदैन । सो मितिभन्दा अगाडि महाधिवेसन गर्न सम्भव पनि छैन । हामीलाई विश्वास छ केन्द्रले पनि हाम्रो अवस्था बुझ्ने छ”, उनले भने ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते