लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका निवर्तमान अध्यक्ष योगेन्द्रवहादुर क्षेत्रीले सामाजिक संजाल फेसवुक मार्फत पत्रकारहरुविरुद्ध दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ बेलायत शाखाले खेद व्यक्त गरेको छ ।
शाखाद्धारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा क्षेत्रीप्रति खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता अभिव्यक्ति नदिन सचेत समेत गराएको छ । क्षेत्री म्याग्दी ओभरसिज नेप्लिज एसोसिएसन (मोना) यूकेका संरक्षक समेत हुन् ।
एनआरएनए आइसीसीको निर्देशन बमोजिम विशेष साधारण सभाले एनआरएनए यूकेको अध्यक्ष पदवाट यसै बर्ष हटाएपछि पत्रकार विरुद्ध अभिव्यक्ति दिदै आएका क्षेत्रीले सामाजिक संजालमा बेलायतमा रहेर कार्यरत पत्रकारको प्रतिष्ठामा आंच आउने गरि ‘भाते पत्रकार’, ‘एक छाक भात र एक ग्लास रक्सीमा वा आफ्नो स्वार्थ बोकेर झुट्टा समाचार लेख्ने’ जस्ता आरोप लगाएका हुन् ।
प्रेस विज्ञप्ति
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका निवर्तमान अध्यक्ष, म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन (मोना) यूकेका संरक्षक योगेन्द्रबहादुर क्षेत्रीले सामाजिक सञ्जाल फेसबुक टाइमलाइनमार्फत् हालै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ यूके शाखाको ध्यानआर्कषण भएको छ । यूकेमा कार्यरत नेपाली पत्रकारहरुको प्रतिष्ठामा आँच आउने गरी ‘भाते पत्रकार’, ‘एक छाक भात र एक ग्लास रक्सीमा वा आफ्नो स्वार्थ बोकेर झुट्टा समाचार लेख्ने’ भनी गरेको टिप्पणीले बेलायतजस्तो सभ्य समाजमाथि गरिएको अशोभनीय काम भएको ठहर शाखाले गरेको छ ।
बेलायतबासी नेपाली समुदायको अभिभावकजस्तो संस्था एनआरएन यूकेको नेतृत्वसमेत सम्हालिसकेका क्षेत्रीले समग्र पत्रकार र पत्रकारिता पेशाप्रति लगाएको निकृष्ट आरोपप्रति शाखा खेद व्यक्त गर्दछ । क्षेत्रीले प्रयोग गरेका शब्दले आमपत्रकारिता पेशामामाथिको प्रहारका रुपमा शाखाले लिएको छ । त्यसै आगामी दिनमा अरुको पेशालाई समेत सम्मान गर्न क्षेत्रीलाई यसै विज्ञप्तिमार्फत् सचेत गराउँछौ ।
नेपाली पत्रकारितालाई सुदृढ बनाउन नेपाली समुदाय र यसका नेतृत्वको सहयोग, सुझाव र मार्गदर्शन अपरिहार्य छ । हामी सकरात्मक सुझावको सदैव स्वागत गर्न तयार छौ । यस्तो अवस्थामा समाजका अगुवा क्षेत्रीको यस्तो टिप्पणीले पत्रकारितालाई फस्टाउने उचित वातावरण अवश्य पैदा गर्दैन । विदेशमा बस्ने नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघको अभियानमा सक्रिय क्षेत्रीले दिएको अभिव्यक्तिले सिंगो गैरआवासीय नेपाली समुदायको लज्जाको बिषय हो । उनको अभिव्यक्तिले गैर आवासीय नेपाली संघ र विदेशमा कार्यरत पत्रकारबीचको सम्बन्धलाई तिक्तता उत्पन्न हुनसक्ने भएकाले अभिब्यक्तिप्रति तत्काल छानविन गर्न गैर आवासीय नेपाली संघ तथा संघको अनुसाशन समिति समक्ष शाखा जोडदार माग गर्दछ ।
कुनै पनि सञ्चारमा माध्यममा प्रकाशित समाचारप्रति चित्त नबुझेमा त्यस सम्बन्धमा आवाज उठाउने आफ्नै प्रकृया हुन्छन् । पत्रकारको कार्यसम्पादन वा पत्रकारिता पेशाबारे कुनै भ्रम भए त्यसलाई आपसी छलफल र सहकार्यबाट प्रष्ट गर्न हामी सदा तयार छौं ।
श्याम लुइँटेल
महासचिव, नेपाल पत्रकार महासंघ यूके
मिति — १७ जुलाई २०१५
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित