लण्डन । गैरआवासीय नेपाली संघ (एनअारएन) युकेको निर्वाचन मिति नजिकिँदै मुख्य पदहरुमा उम्मेदवारी दाबी गर्न थालिएको छ ।
वर्तमान कार्यसमितिका प्रबक्ता अर्जुन कटुवालले उपाध्यक्ष पदमा उम्मेदबारी दिने घोसणा गरेका छन् । कटवालले कार्यालय सचिव र प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् । आफ्नो कार्यकालमा कार्यालय स्थापना, एमआरपी पासपोर्ट र इमिग्रेशनका सूचनाहरु, क़ानूनी सल्लाह, स्वास्थ्य शिविर संचालन, स्वास्थ्य अवस्थाको सर्भेक्षण, कला र संस्कृतिको संरक्षण जस्ता सेवादायी कार्यक्रमहरु गर्न सकिएको उनले दाबी गरेका छन् ।
यूके नेपाल फ्रेंडशिप सोसाइटीका कोषाद्यक्षसमेत रहेका कटुवालले एनआरएनले स्थानीय संघ-संस्थाहरुसँग साझेदारीमा संयुक्त रुपले काम गर्ने धारणा अगाडि सारेका छन् । बेलायत र नेपालको २०० वर्षको कुटनैतिक सम्बन्ध स्थापना भएको अवसरमा अन्तर्राष्ट्रिय नेपाल- बेलायत कला प्रदर्शनी र नेपाल एयर एम्बुलेंस सेवाको थालनी गर्ने एनआरएनमा वेलफेयर फण्ड (अक्षय कोष) को ब्यबस्था गर्ने कटवालको योजना छन् ।
यसैगरी किरात याक्थुङ चुम्लुङ युकेका पूर्व महासचिव विजयविक्रम लिङदेनले पनि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
ताप्लेजुङ समाज युके, अक्सफोर्ड नेपाली समाज, किरात धर्म तथा साहित्य मन्च, हङकङ नेपाली मन्चका सल्लाहकार रहेका लिङदेन हङकङमा रहँदा ताप्लेजुङ सोसाइटीका अध्यक्ष र फियोनाका सदस्य रहेका थिए ।
एनअारएनलाई ब्यवस्थित बनाउने हालसम्म असरल्ल रहेको सदस्यता विवरणलाई संस्थागत बनाउने एनआरएनहरु नेपाल जाँदा बिदा मनाउन होइन आफ्ना अधिकार खरो रुपमा उठाउने उनको योजना छ । उनी आफू कुनै पार्टि र प्यानलमा पनि आवद्ध नभइ स्वतन्त्ररुपले उम्मेदवारी दिएको उनले प्रष्ट्याए ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने