लण्डन । युकेमा रहेको नेपाली अध्येताहरुको संस्था नेपाल अध्ययन केन्द्र (सिएनएस) युकेले युकेमा रहेका अल्पसंख्यक नेपालीहरुको बारेमा अध्ययन गर्न बिग लटरी फण्डबाट सहयोग पाएको छ ।
केन्द्रका अनुसार इथ्निक माइनोरिटी सोसल मोविलिटी प्रोजेक्टलाई फण्डले सहयोग गर्ने भएको हो ।
सो परियोजनाले अल्पसंख्यक नेपालीहरुको युकेमा आप्रवासन र सामाजिक अन्तरघुलनका बारेमा अध्ययन गर्ने बताइएको छ । नेपाली दोस्रो पुस्ताले कसरी अध्ययन, काम गरिरहेछन् भन्ने बारेमा खोज गरेर समग्रमा नेपालीहरु युकेमा कसरी समाहित भइरहेका छन् भन्ने बारेमा अध्ययन केन्द्रीत रहने छ ।
सो अध्यननमा फार्नब्रो र रेडिंगबाट १०० परिवार छनौट गरिने र उनीहरुसित विस्तृत अन्तर्वार्ता गरिने छ । त्यसका साथै स्थानीय काउन्सिलहरु, नेपाली समुदाय, सेवा प्रदायकहरु, राजनीतिज्ञहरु, नीतिनिर्माताहरुसित कार्यशाला गोष्ठी गरिने छ ।
अध्ययनको अन्तिम प्रतिवेदन १८ जुन २०१८ मा बिग लटरी फण्डमा पेश गरिने बताइएको छ । साथै निस्कर्ष र सुझावहरु मिडियामार्फत नेपाली समुदायमा पनि पुर्याइने बताइएको छ ।
केन्द्रका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले सीमित बजेटका बाबजुद केन्द्रले स्वयंसेवीहरुमार्फत ठूलो संख्यालाई समेट्ने लक्ष्य राखेको बताए ।
बिग लटरी फण्डले एक पाउण्डको लटरी टिकट बिक्रिमध्ये ११ पेन्स स्वास्थ्य, शिक्षा, वातावरण र समाजसेवामा लगाउने गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते