लन्डन । बेलायतमा चिरपरिचित अन्तर्राष्ट्रिय कानुनका एकजना प्राध्यापक डा. सूर्य सुवेदी (ओविइ) भूकम्प पीडितको सहयोगार्थ हिंड्ने भएका छन् । नेपाल र बेलायतमा काम गर्ने एउटा ब्रिटिश च्यारिटी संस्था ब्रिटेन नेपाल मेडिकल ट्रष्टका लागि १०० किमी इपिक वाकमा सुवेदीले सहभागिता जनाउने भएका हुन् । ट्रष्टका सहअध्यक्षहरु सुवेदी र डा. जिलियन होल्ड्सवर्थको नेतृत्वमा यो अभियान तय भएको हो । यही १७ जुलाई बिहान ७ बजे एप्पलडोर केन्टबाट शुरु हुने दिदी दाजु ड्यास नामक अभियान रोयल मिलिट्री कनाल हुंदै राइ, हेस्टिङ, पेभेन्सी बे, इष्टबोर्न, अलफ्रिस्टोन, लिविस, इष्ट ससेक्स् हुदै १८ जुलाइ सांझ समापन हुनेछ । यसको कुल दुरी ६७ दशमलव ४ माइल हुनेछ ।
वाकमा अन्य धेरै सहभागी हुने जनाउंदै प्राध्यापक डा. सुवेदीले इच्छुक नेपालीलाई समेत सहभागिता जनाइ पीडितका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । एनआरएनए यूके संस्थापक अध्यक्ष व्यवसायी महन्त श्रेष्ठले यस च्यारिटी अभियानमा सहयोगको वचन दिइसकेको सुवेदीले जनाए । ‘सहयोगका लागि मात्र होइन, यो एउटा रोमाञ्चक यात्रा समेत हुनेछ’, सुवेदीको विश्वास छ । वाकबाट संकलित रकम भूकम्प पीडित राहत कोषमा जाने बताइएको छ ।
सन् १९६८ मा स्थापित उक्त च्यारिटी नेपालका लागि लामो समय देखि काम गर्ने संस्था मानिन्छ । झण्डै ४७ वर्षको अवधिमा उक्त च्यारिटीले नेपाली जनताको स्वास्थ्य सुधारमा अतुलनीय काम गरेको बताइन्छ । आगामी वर्ष ब्रिटेन नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाउने तयारी भइरहंदा उक्त ट्रष्टले दुवै देशमा आयोजना गरिने समारोहहरुमा सहभागिता जनाउने बताएको छ ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ