लन्डन । बेलायतमा चिरपरिचित अन्तर्राष्ट्रिय कानुनका एकजना प्राध्यापक डा. सूर्य सुवेदी (ओविइ) भूकम्प पीडितको सहयोगार्थ हिंड्ने भएका छन् । नेपाल र बेलायतमा काम गर्ने एउटा ब्रिटिश च्यारिटी संस्था ब्रिटेन नेपाल मेडिकल ट्रष्टका लागि १०० किमी इपिक वाकमा सुवेदीले सहभागिता जनाउने भएका हुन् । ट्रष्टका सहअध्यक्षहरु सुवेदी र डा. जिलियन होल्ड्सवर्थको नेतृत्वमा यो अभियान तय भएको हो । यही १७ जुलाई बिहान ७ बजे एप्पलडोर केन्टबाट शुरु हुने दिदी दाजु ड्यास नामक अभियान रोयल मिलिट्री कनाल हुंदै राइ, हेस्टिङ, पेभेन्सी बे, इष्टबोर्न, अलफ्रिस्टोन, लिविस, इष्ट ससेक्स् हुदै १८ जुलाइ सांझ समापन हुनेछ । यसको कुल दुरी ६७ दशमलव ४ माइल हुनेछ ।
वाकमा अन्य धेरै सहभागी हुने जनाउंदै प्राध्यापक डा. सुवेदीले इच्छुक नेपालीलाई समेत सहभागिता जनाइ पीडितका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । एनआरएनए यूके संस्थापक अध्यक्ष व्यवसायी महन्त श्रेष्ठले यस च्यारिटी अभियानमा सहयोगको वचन दिइसकेको सुवेदीले जनाए । ‘सहयोगका लागि मात्र होइन, यो एउटा रोमाञ्चक यात्रा समेत हुनेछ’, सुवेदीको विश्वास छ । वाकबाट संकलित रकम भूकम्प पीडित राहत कोषमा जाने बताइएको छ ।
सन् १९६८ मा स्थापित उक्त च्यारिटी नेपालका लागि लामो समय देखि काम गर्ने संस्था मानिन्छ । झण्डै ४७ वर्षको अवधिमा उक्त च्यारिटीले नेपाली जनताको स्वास्थ्य सुधारमा अतुलनीय काम गरेको बताइन्छ । आगामी वर्ष ब्रिटेन नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाउने तयारी भइरहंदा उक्त ट्रष्टले दुवै देशमा आयोजना गरिने समारोहहरुमा सहभागिता जनाउने बताएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने