काठमाडौँ, २९ असार । सरकारले आर्थिक वर्ष २०७२, ७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा आगामी आवका लागि वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ रु दुई खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार विनियोजन गरिएको बताए ।
यस्तै वित्तीय व्यवस्थातर्फ रु एक खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार विनियोजन गरिएको छ । प्रस्तुत खर्चको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ३२ प्रतिशत र संशोधित अनुमानको तुलनामा ५६.८ प्रतिशतले बढी हो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु चार खर्ब ७५ अर्ब एक करोड २१ लाख, साँवा फिर्ता प्राप्तिबाट रु दुई अर्ब, वैदेशिक अनुदानबाट रु एक खर्ब १० अर्ब ९२ करोड ९४ लाख सात हजार, व्ययभार रु दुई खर्ब ३१ अर्ब ५२ करोड ७३ लाख ७७ हजार न्यून हुनेछ ।
न्यून बजेट पूर्ति गर्न विदेशी ऋणबाट रु ५४ अर्ब ९६ करोड ४७ लाख चार हजार, राजस्व र वैदेशिक सहायता परिचालनबाट रु एक खर्ब ३६ अर्ब ५६ करोड २६ लाख ७३ हजार न्यून हुन जानेछ । न्यून बजेट पूर्ति गर्न रु ८८ अर्ब आन्तरिक ऋणबाट र रु ४८ अर्ब ५६ करोड २६ लाख ७३ हजार चालु खर्चको नगद मौज्दातबाट व्यहोरिनेछ अर्थमन्त्री डा महतले जानकारी गराए ।
सेनालाई रु ३२ अर्ब ६९ करोड
सरकारले नेपाली सेनालाई आव २०७२÷०७३ का लागि रु ३२ अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ । महतले आगामी आवका लागि व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दै सेनाको पेसागत एवम् सबै प्रकारका विशेष कार्यदक्षता बढाउने कार्यलाई जोड दिइने बताए । त्यस्तै सेनालाई दुर्गम क्षेत्रका राष्ट्रिय सडक निर्माणमा संलग्न गराइनाका साथै विपद् व्यवस्थापन कार्यमा असरदार तुल्याइने जनाइएको छ ।
बजेटमा भूकम्पको प्रभाव
बजेटमा गत वैशाखमा आएको भूकम्प र त्यसपछिको परकम्पको प्रभाव परेको छ । बजेट वक्तव्यको प्रारम्भमै महतले भने, “यस वर्षको सुरुमा आएको त्रासदीपूर्ण भूकम्प र त्यसका शृङ्खलाले ल्याएको भौतिक, आर्थिक र मानवीय विनाशका बीच बाटाबाट उठेर नयाँ अठोट र विश्वासका साथ नेपाललाई समुन्नत राष्ट्रका रुपमा उभ्याउने नेपाली चाहनालाई आव २०७२, ०७३को बजेटमा मूर्त रुप दिन प्रस्तुत गर्न उभिएको छु ।”
भूकम्पपछिको पुनःनिर्माण कामलाई नवनिर्माणमा प्रयोग गर्ने सोचका साथ प्रस्तुत बजेटमा राहत, पुनःस्थापना र पुनःनिर्माणको कामलाई बजेटको प्राथमिकतामा राखिएको अर्थमन्त्रीले बताए । भूकम्पमा परी ज्यान गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनी र विदेशी नागरिकप्रति श्रद्धासुमन अर्पणका तथा घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्दै उनले भने, “देशको नवनिर्माणका लागि यस विपत्तिलाई शक्तिमा परिणत गर्न हामी सक्षम छौँ भन्ने विश्वास लिएको छु ।”
सीमित साधन र स्रोतका बाबजुद कठिन परिस्थितिमा एक महिनाभित्र राहत कार्य, लाखौँ भूकम्पपीडितलाई अस्थायी बसोबासको व्यवस्था र महामारी आउन नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास सम्भव भएको पनि अर्थमन्त्री डा महतले बताए ।
विपत्तिपछिको आवश्यकता पहिचान गरी प्रतिवेदन सार्वजनिक भएको र देशको पुनःनिर्माणका लागि आयोजना गरिएको दाता राष्ट्रको अन्तर्राष्ट्रिय सम्मेलन प्रभावकारी भएको उल्लेख गर्दै उहाँले प्राकृतिक प्रकोपलाई जित्न र रोक्न सक्ने सामथ्र्य कसैको नभए पनि यसलाई न्यूनीकरण गर्न सामथ्र्य हुनुपर्नेमा जोड दिए ।
भूकपम्पबाट पाठ सिकेर सुन्दर भविष्यको कल्पना गर्नुपर्ने औँल्याउँदै अर्थमन्त्री डा महतले यसका लागि सरकार जनतासँग छ भन्ने विश्वास दिलाउन सरकारको क्षमता र सामथ्र्यले भ्याएसम्म पूरा गरिने बताए ।
यस्ता छन् बजेटमा केही नारा
बजेटमा ‘हाम्रो धरोहर ः हाम्रै दायित्व’, ‘विकासको लहर ः सुविधासम्पन्न सहर’जस्ता केही मौलिक नारा र कार्यक्रम उल्लेख छन् ।
तुलनात्मकरुपमा कम नाराको प्रयोग गरिएको बजेटले ‘हाम्रो धरोहरः हाम्रै दायित्व’ अन्तर्गत भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पदा र मठ मन्दिरको पुरानै स्वरुपका नेपालीले पुनःनिर्माण गर्ने जनाएको छ । सोका लागि बजेटमा अलग्गै सम्पदा कोष प्रस्ताव गरिएको छ ।
यस्तै ‘विकासको लहरः सुविधासम्पन्न सहर’ कार्यक्रममा पोखरा र ललितपुरमा विकसित र सृुविधासम्पन्न सहर बनाइने बजेटको लक्ष्य छ भने विराटनगरलगायतलाई स्मार्ट सिटी गुरुयोजनामा समावेश गरिने भएको छ ।
मन्त्री डा महतले आगामी आवलाई ‘सांस्कृतिक संरक्षण प्रवद्र्धन वर्ष’को घोषणा गरे भने ‘एक गाउँ ः एक डाक्टर’ कार्यक्रम पनि प्रस्तुत गरे ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ