लन्डन । लन्डनस्थित नेपाली दूतावासले सोमबार आयरल्याण्डको डब्लिनमा पर्यटन प्रवर्धन कार्यक्रम गरेको छ । महाभूकम्पपछि नेपालको पर्यटन प्रवर्धन एवं पर्यटकका लागि नेपाल योग्य गन्तव्य हो भन्ने प्रचार प्रसार गर्न कार्यक्रम गरिएको हो ।
आयरल्याण्डको पुरानो संस्था नेपाल आयरल्याण्ड समाजको संयोजकत्वमा भएको उक्त समारोहमा डब्लिन लर्ड मेयर काउन्सिलर ग्रेग केल्ली प्रमुख आतिथी थिए । समारोहमा सहभागी नेपालप्रेमी आइरिसहरुबीच नेपालको पर्यटनबारे वृहत अन्तरक्रिया भयो ।
उक्त समारोहमा आयरल्याण्ड र संयुक्त अधिराज्य बेलायतका लागि कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले स्वागत मन्तव्य दिंदै भूकम्पपछि नेपाल सरकारको पर्यटन अवधारणा प्रस्तुत गरे । क्षेत्रीले हालसम्म आइरिस समुदाय र सरकारले गरेको सहयोग र सद्भावका लागि नेपाल सरकार र आयोजकका तर्फबाट धन्यवाद दिंदै नेपाल घुम्न योग्य छ भन्ने सन्देश प्रवाह गरिदिन आग्रह गरेका थिए ।
नेपाल आयरल्याण्ड समाजका अध्यक्ष तथा आयरल्याण्डका लागि पर्यटन बोर्डका प्रतिनिधि दीपेशमान शाक्यले हालैको भूकम्पले गरेको पर्यटकीय तथा मानवीय क्षति सम्बन्धि विवरण कम्प्युटर प्रोजेक्टरमार्फत प्रस्तुत गरे । उनले नेपालको केही पर्यटकीय स्थलमामात्र क्षति भएको र बांकी अधिकांश क्षेत्र भ्रमण योग्य भएको अवगत गराए ।
कार्यक्रममा आइरिस सरकारका पूर्व विदेश राज्यमन्त्री तथा वर्तमान सांसद जो कोस्तेल्लोले नेपालमा भूकम्पको कारणले भएको धनजनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै नेपाल र नेपाल सरकारको सहयोगका लागि सरकारी तवरबाट पहल गर्न आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपाल सरकार र आइरिस सरकारसंग दुई देशबीच आर्थिक, सामाजिक र राजनैतिक रुपमा पारस्परिक सम्बन्ध विकास गर्न आइरिस संसदमा एक संसदीय टिम खडा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
अलिसोन इर्विनले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्व डब्लिन लर्ड मेयर तथा यूरोपियन संसद सदस्य एमर कोस्तेल्लो र लर्ड मेयर काउन्सिलर ग्रेग केल्लीले नेपालको पर्यटन विकासप्रति चासो राख्दै यसका लागि व्यक्तिगत तथा संस्थागत सहयोग गर्न तयार रहेको बताएका थिए ।
उक्त कार्यक्रममा नेपाल आयरल्याण्ड समाजका महासचिव गंगाराम कंडेलले धन्यवाद मन्तव्य दिए ।
यसैबीच, कार्यवहाक राजदूत क्षेत्री आइरिस सरकारको निम्तोमा त्यहांको स्वतन्त्रता दिवसमा आयोजित स्मृति सभामा सहभागी भए । साथै उनले विदेश मन्त्रालय अन्तर्गतको एसिया प्यासिफिक क्षेत्रकी निर्देशक मिव कोलिन्स्संग भेटवार्ता समेत गरे ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने