लण्डन । एनआरएनए यूकेको भावी नेतृत्वका लागि पहिलोपटक अध्यक्षमा लड्ने
उद्घोष गरेका तमु धिं यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङले आफू पछि नहट्ने बताएका छन् । तमु धिं यूकेका निवर्तमान अध्यक्ष कमल गुरुङले संघको आर्थिक छानवीन प्रतिवेदन बुझाएर अध्यक्ष लड्ने बताएपछि विभिन्न अड्कलबाजी भइरहंदा मुछेत्रले वीनेपालीसंग भनेका छन्, ‘मैले संस्थाको हितका लागि स्वविवेकले लड्ने घोषणा गरेको हुं । अरु साथीहरुले इच्छा देखाउंदैमा म पछाडि हट्ने कुरा हुंदैन ।’
उनले प्रजातान्त्रिक प्रक्रियाबाट हुने निर्वाचनमा खुल्ला प्रतिष्पर्धाले संस्थाकै हित हुने पनि बताए । एनआरएनए यूके निर्वाचन आउन करिब ९ साता बांकी रहंदा अध्यक्षका दावेदार दर्जन पुग्न लागिसकेका छन् ।
सन् २००० मा ब्रिटिश गोर्खाबाट अवकास पाएपछि बेलायत बस्न थालेका उनले केही वर्ष यता खस्किएको एनआरएनए यूकेको साख बचाउनु आफ्नो प्रमुख अजेन्डा भनेका छन् । ‘म समाज र नेपालीको हितका लागि सबैलाई समेटेर लैजाने प्रण गर्दछु’, उनले भने । तमु धिं यूकेको सफल नेतृत्व हांकिसकेका उनले एनआरएनए यूकेको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।
रेष्टुरेन्ट, ट्राभल एजेन्सी र मनी ट्रान्सफर व्यवसायमा संलग्न उनलाई संघसंस्थाबारे राम्रो दख्खल छ । मिजासिलो र स्वच्छ छवि भएकाले पनि उनको उम्मेदवारीमा समर्थन गर्ने एनआरएनए नेताहरु अत्यधिक भएको कतिपयको बुझाइ छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा