लण्डन । एनआरएनए यूकेको भावी नेतृत्वका लागि पहिलोपटक अध्यक्षमा लड्ने
उद्घोष गरेका तमु धिं यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङले आफू पछि नहट्ने बताएका छन् । तमु धिं यूकेका निवर्तमान अध्यक्ष कमल गुरुङले संघको आर्थिक छानवीन प्रतिवेदन बुझाएर अध्यक्ष लड्ने बताएपछि विभिन्न अड्कलबाजी भइरहंदा मुछेत्रले वीनेपालीसंग भनेका छन्, ‘मैले संस्थाको हितका लागि स्वविवेकले लड्ने घोषणा गरेको हुं । अरु साथीहरुले इच्छा देखाउंदैमा म पछाडि हट्ने कुरा हुंदैन ।’
उनले प्रजातान्त्रिक प्रक्रियाबाट हुने निर्वाचनमा खुल्ला प्रतिष्पर्धाले संस्थाकै हित हुने पनि बताए । एनआरएनए यूके निर्वाचन आउन करिब ९ साता बांकी रहंदा अध्यक्षका दावेदार दर्जन पुग्न लागिसकेका छन् ।
सन् २००० मा ब्रिटिश गोर्खाबाट अवकास पाएपछि बेलायत बस्न थालेका उनले केही वर्ष यता खस्किएको एनआरएनए यूकेको साख बचाउनु आफ्नो प्रमुख अजेन्डा भनेका छन् । ‘म समाज र नेपालीको हितका लागि सबैलाई समेटेर लैजाने प्रण गर्दछु’, उनले भने । तमु धिं यूकेको सफल नेतृत्व हांकिसकेका उनले एनआरएनए यूकेको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।
रेष्टुरेन्ट, ट्राभल एजेन्सी र मनी ट्रान्सफर व्यवसायमा संलग्न उनलाई संघसंस्थाबारे राम्रो दख्खल छ । मिजासिलो र स्वच्छ छवि भएकाले पनि उनको उम्मेदवारीमा समर्थन गर्ने एनआरएनए नेताहरु अत्यधिक भएको कतिपयको बुझाइ छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते