लन्डन । रोयल अल्बर्ट हलमा कन्सर्ट गर्न आएका कलाकार मध्ये वरिष्ठ गायकहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट र योगेश्वर अमात्य सम्मानित भएका छन् ।
पासा पुचः गुठी रेडिङले उनीहरुलाई थेम्स् भ्याली पार्कमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । तीन गायकलाई गुठीकी ज्येष्ठ सदस्य विष्णुमाया कायस्थले दोसल्ला ओढाएर सम्मान गरिन् भने पासा पुचः गुठी यूकेका अध्यक्ष महन्त श्रेष्ठले सम्मान पत्र दिए ।
सम्मान ग्रहणपछि गायक विष्टले विदेशी भूमिमा स्वदेशीहरुबाट सम्मान पाउनु गौरवको कुरा भएको बताए । उनले नेवारी भाषामा मन्तव्य राख्दा सहभागी आश्चर्यचकित भएका थिए ।
कार्यक्रममा पासा पुचः गुठी रेडिङका अध्यक्ष सुदर्शन श्रेष्ठले स्वागत मन्तव्य दिए भने गुठीका महासचिव शिवजी श्रेष्ठले कार्यक्रम सञ्चालन गर्दै भाषा र सीमाको वन्धन नरहने सांगीतिक क्षेत्रका नक्षत्रहरुको सम्मानले संस्थाकै गरिमा बढेको जनाए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा