आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १२:१८ | UK Time: 07:33

प्रारम्भिक मस्यौदामा सुझाव दिन दूतावासको आग्रह

वीनेपाली
२०७२ असार २९ गते ०:५१

लन्डन । लन्डनस्थित नेपाली दूतावासले निर्माणाधिन नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव प्रतिक्रिया दिन सबैमा आग्रह गरेको छ ।

सोमबार जारी अत्यन्त जरुरी सूचना मार्फत दूतावासले नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा नेपाल सरकारले विदेशमा बसेका सबै नेपाली नागरिक, वुद्धिजिवी, पत्रकार र विद्यार्थीले आफ्नो सुझाव पेश गर्न पाउने व्यवस्था गरेको प्रष्ट्याउंदै सुझाव मागेको हो । सुझाव प्रतिक्रियाका लागि दूतावासले

[email protected] र  [email protected] इमेल दिएको छ ।

दूतावासले २१ जुलाई, २०१५ भित्र सुझाव, प्रतिक्रिया इमेलमा पठाइसक्न भनेको छ । संविधानसभाको नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिले नेपालको संविधान २०७२ को निर्माणाधिन प्रारम्भिक मस्यौदा प्रचार प्रसार र सो बारे नेपाली नागरिकहरुको सुझाव संकलन कार्य गत असार २४ देखि शुरु गरिसकेको छ ।

दूतावासको सूचना

 

11733437_10153470698136197_798627621_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक