लन्डन । लन्डनबाट सञ्चालित लन्डन नेपाल न्यूज डटकमले नेपालका वरिष्ठ पत्रकार कविर राणालाई सम्मान गरेको छ । आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच देशान्तर साप्ताहिकका प्रधान सम्पादक राणालाई सम्मान गरिएको हो ।
राणालाई वेवसाइटका तर्फबाट प्रधान सम्पादक शिव भण्डारी, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्मा, पूर्व अध्यक्ष नवीन पोखरेल र लेखक एवं समाजसेवी शिवजी श्रेष्ठले खादाले सम्मान गरे ।
सम्मान ग्रहणपछि अग्रज पत्रकार राणाले प्रजातन्त्र प्राप्तिका लागि देशान्तर जस्ता साप्ताहिक पत्रिकाले गहन भूमिका निर्वाह गरेको बताए । उनले पत्रकारमा स्वनुशासन, आत्मबल हुन जरुरी रहेको जनाउंदै पूर्वाग्रही भएर कसैको व्यक्तिगत जीवन वर्वाद गर्न नहुनेतर्फ पत्रकारहरु चनाखो हुन सुझाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्माले राणाजस्ता अनुभवी पत्रकारबाट बेलायतस्थित पत्रकारहरुले पनि धेरै प्रेरणा लिनसक्ने बताए । लेखक शिवजी श्रेष्ठले राणालाई सम्मान गर्न पाउंदा लन्डन नेपाल न्यूज डटकमको पनि उचाईं बढेको उल्लेख गरे । लन्डनस्थित कांग्रेस युवा नेता विज्ञान प्रसाईंले कतिपय अवस्थामा पत्रकारहरुको पूर्वाग्रहका कारण समाज विभाजित र व्यक्तिगत चरित्र हत्या भएका उदाहरण पेश गर्दै बेलायतस्थित पत्रकारहरुलाई पनि जिम्मेवार बन्न सुझाव दिए । पत्रकार राजकुमार थापाले सानो अक्षरले ठूलो अक्षरलाई सम्मान गरेको प्रतिकात्मक मन्तव्य दिंदै राणाबाट आफूहरुले धेरै सिकेको बताए ।
लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारीले राणाजस्तो अग्रज पत्रकारलाई सम्मान गर्न पाउंदा गर्व लागेको बताए । उनले छोटो समयमै आफ्नो वेवसाइटले फड्को मारेको सुनाउंदै आफूहरु सधैं जिम्मेवार पत्रकारितामा अडिग रहेको उल्लेख गरे ।
पत्रकार एवं गीतकार नृपेश उप्रेतीले सञ्चालन गरेको उक्त कार्यक्रममा लन्डन नेपाल न्यूज डटकम आवद्ध प्रमिला केसीले स्वागत मन्तव्य दिएकी थिइन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते