लन्डन । एनआरएनए यूकेका प्रमुख संरक्षक प्रा. डा. सूर्य सुवेदीले संघको आसन्न निर्वाचन प्रयोजनका लागि गठित इलेक्सन कम्प्लेन्ट्स कमिसनमा बस्न इन्कार गरिदिएका छन् । संघले सुवेदीलाई उक्त कमिशनको संयोजकका रुपमा प्रस्तुत गर्दै विज्ञप्ति जारी गरे लगत्तै सुवेदीले केही कारण जनाउंदै त्यसको जिम्मेवारी वहन गर्न नसक्ने प्रष्ट्याएका हुन् ।
उनले आफू एनआरएनए यूकेको प्रमुख संरक्षक भएको, अन्तर्राष्टिय प्रतिवद्धताका कारण केही साता बाहिर हुन सक्ने र एनआरएनएलाई एक ढिक्का बनाउन दुई वर्ष समय खर्चिसकेको अवस्थामा फेरि कुनै पनि समितिमा नबस्ने प्रष्ट्याउंदा समेत अध्यक्ष महेन्द्र कंडेलको तीव्र अनुरोधबीच तीनजना सम्म सदस्य सम्मिलित सानो समितिको जिम्मा लिन राजी भएपनि अहिलेको जम्बो समितिमा नबस्ने जनाएका छन् ।
खगेन्द्र नेपाली, जया राई सम्मिलित सानो समितिको जिम्मेवारी लिन राजी भएपनि आफ्नो सल्लाहविना जम्बो समिति बनाइएको र कमिसनले आवश्यकताअनुसार निर्वाचन नै अवैध घोषणा गर्न सक्नेसम्मको अधिकार पाउनुपर्ने , कमिसनको अधिकार र कर्तव्यमा निर्वाचन समितिको पनि सहमति हुनुपर्ने लगायत आफूले दिएका शर्त पुरा गर्न तत्पर नदेखिएको भन्दै उनले समितिमा नबस्ने बताएका छन् ।
सदस्यता सम्वन्धि कुनै पनि गुनासा र उजुरीबारे छानवीन गर्ने भन्दै बनाइएको उक्त समितिमा पदम सिंखडा, सोलिसिटर राजु थापा, डा। हेमराज शर्मा, जया राई, सुरेशजंग शाह, हितमान गुरुङ, सुमन खरेल, उमेश मोक्तान र नरेन्द्र कंडेल सदस्य छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते