लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले संघभित्र भएको भनिएको आर्थिक अनिमियतता छानवीन गर्न गठित समितिको प्रतिवेदनलाई अपुरो भनेको छ । आइतबार आफ्नै कार्यालयमा बसेको बैठकले गत साता इमेलमार्फत सार्वजनिक गरिएको कमल गुरुङ संयोजक रहेको प्रतिवेदनलाई अपुरो ठहर गरेको हो । बैठकले प्रतिवेदनलाई पूर्णता दिन लेखा परिक्षकको जिम्मा लगाउने निर्णय गरेको एनआरएनए यूकेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उता, बैठकले निवर्तमान अध्यक्ष योगेन क्षेत्रीलाई १५ अगस्ट सम्मको समयसीमा दिंदै उक्त समय सीमासम्म खातापाता नबुझाए उनलाई एनआरएनए यूकेको संरक्षकबाट हटाइने निर्णय समेत गरेको छ ।
बैठकले निर्धारित मिति भन्दा दुई साता पछि सार्दै आगामी २० सेप्टेम्बर २०१५ आइतबार साउथ इष्ट लन्डनमा कार्यसमिति निर्वाचन गर्ने निर्णय गरेको छ । अब सदस्यता बन्ने र नवीकरण गर्ने समय सीमा पनि १५ अगष्ट,२०१५ सांझ ६ बजे सम्म बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले डा. राघव धितालको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ जसमा एनआरएनए यूकेका पूर्व महासचिव रामशरण सिम्खडा सदस्यसचिव र सदस्यहरुमा डा चन्द्र लक्सम्बा, विश्वआदर्श पण्डित, भक्त गुरुङ, पूर्ण लक्सम र शिवजी श्रेष्ठ छन् । संरक्षक परिषदका सबै सदस्य र बेलायतबाट आइसीसीमा प्रतिनिधित्व गर्ने सबै सदस्य सम्मिलित अनुगमन समिति पनि गठन गरिएको संघले जनाएको छ । बैठकले प्रा. डा. सूर्य सुवेदीको संयोजकत्वमा इलेक्सन कम्प्लेन्ट्स कमिसन गठन गरेको छ जसमा डा. पदम सिंखडा, सोलिसिटर राजु थापा, डा. हेमराज शर्मा, जया राई, सुरेशजंग शाह, हितमान गुरुङ, सुमन खरेल, उमेश मोक्तान र नरेन्द्र कंडेल सदस्य छन् । सो कमिसनले सदस्यतासम्बन्धि कुनै पनि गुनासो र उजुरीबारे छानवीन गर्ने बताइएको छ ।
त्यस्तै बैठकले गणेश इजामको संयोजकत्वमा विधान संशोधन समिति बनाउने निर्णय गरेको छ, जसमा फणिन्द्र भट्टराई र उत्तरमान तिगेला सदस्य छन् ।
बैठकले एनआरएन यूके महासचिव आर के त्रिपाठीलाई नेपालमा हुने सिस्मिक डिजाइन अर्थक्वेक मोडल बेलायतको अनुसन्धान रिसर्च प्रस्तुत गर्न तीन साताका लागि नेपाल पठाउने र नेपालमा भवन विभाग, इन्जिनियर्स एसोसिएसनको प्रविधिकहरुसंग प्रस्तुत गर्ने निर्णय गरेको छ ।
बैठकमा महाविनाशकारी भूकमको मारमा परेका कार्यसमिति सदस्य बुद्धि थापा मगरको अनुरोधमा दुई हजार पाउण्ड संकलन गरि मिलान टोल सुधार समिति मार्फत आर्थिक सहयोग गर्ने निर्णय भएको छ । बैठकमा कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, आइसीसी सदस्यहरु सुस्मा राई, विनोद ज्ञवाली, थर्क सेन र विजन भट्ट लगायत उपस्थित सबैलाई अध्यक्ष महेन्द्र कंडेलले धन्यवाद दिएका थिए ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने