लन्डन । वेम्ली एरिनामा पहिलोपटक नेपाली कन्सर्ट गरेर दर्शक मन अत्यधिक जितेको नेपथ्य व्याण्ड आफ्नो नयां एल्बमसहित पुनः लन्डन आउने भएको छ । नेपथ्य लन्डन झिकाउन लागेको इलाइट्स क्रुले आइतबार एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । नेपथ्यको नयां एल्बमसमेत कन्सर्टकै बेला विमोचन गराउने इलाइट्स क्रुको योजना छ ।
आगामी ८ अगष्ट सांझ ओटु एकेडेमी ब्रिक्सटनमा कन्सर्ट हुन लागेको आयोजकले जनाएका छन् । मध्य लन्डनमा अवस्थित उक्त स्थान ‘इन्डोर भेन्यू’ का लागि विश्व प्रख्यात छ ।
राती ८ देखि ११ बजेसम्म हुने कन्सर्टमा नेपथ्यले नयां पुराना गीत गाउने अपेक्षा छ । वालवालिकादेखि वृद्धसम्मका सबै दर्शकलाई लक्षित गर्दै कन्सर्ट गर्न लागिएको आयोजकको भनाइ छ ।
आयोजकका तर्फबाट पवन गुरुङ, एलबीजेड गुरुङले सञ्चारकर्मीको जिज्ञासा मेटाउंदै कलाकारहरुको भिजा गत सातानै अप्लाइ भइसकेको जनाए । कन्सर्टको विक्री प्रति टिकेटबाट २५ पेन्स् च्यारिटीमा खर्च गर्ने इलाइट्स क्रुले जनाएको छ ।
नेपथ्य यसअघि पनि लन्डन आइसकेको, हालै दि रोयल अल्बर्ट हलको कन्सर्ट समेत आधाजसो खाली भएकामा नेपथ्यले अब पाउने दर्शकबारे राखिएको जिज्ञासामा आयोजकले उनीहरुको ब्रान्ड र नयां गीत समेत हुने भएकाले कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेका छन् । कन्सर्ट लगत्तै रातभर पार्टी समेत हुने इलाइट्स क्रुले जनाएको छ ।
इलाइट्स क्रुले गत डिसेम्बरमा मात्र युवामाझ चर्चित गायक दिव्या सुब्बा र रक ब्याण्ड अल्बाट्रोसलाई पहिलोपटक लन्डन ल्याएर ट्रोक्सीमा सफल कन्सर्ट गरेको थियो ।
पत्रकार सम्मेलनमा इलाइट्स क्रु आवद्ध एलबीजेड गुरुङ, म्याक्सी गुरुङ, विजय गुरुङ, सुरज सिंह, सन्जय पुन, पवन गुरुङ लगायत सहभागी थिए ।
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय