लन्डन । वेम्ली एरिनामा पहिलोपटक नेपाली कन्सर्ट गरेर दर्शक मन अत्यधिक जितेको नेपथ्य व्याण्ड आफ्नो नयां एल्बमसहित पुनः लन्डन आउने भएको छ । नेपथ्य लन्डन झिकाउन लागेको इलाइट्स क्रुले आइतबार एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । नेपथ्यको नयां एल्बमसमेत कन्सर्टकै बेला विमोचन गराउने इलाइट्स क्रुको योजना छ ।
आगामी ८ अगष्ट सांझ ओटु एकेडेमी ब्रिक्सटनमा कन्सर्ट हुन लागेको आयोजकले जनाएका छन् । मध्य लन्डनमा अवस्थित उक्त स्थान ‘इन्डोर भेन्यू’ का लागि विश्व प्रख्यात छ ।
राती ८ देखि ११ बजेसम्म हुने कन्सर्टमा नेपथ्यले नयां पुराना गीत गाउने अपेक्षा छ । वालवालिकादेखि वृद्धसम्मका सबै दर्शकलाई लक्षित गर्दै कन्सर्ट गर्न लागिएको आयोजकको भनाइ छ ।
आयोजकका तर्फबाट पवन गुरुङ, एलबीजेड गुरुङले सञ्चारकर्मीको जिज्ञासा मेटाउंदै कलाकारहरुको भिजा गत सातानै अप्लाइ भइसकेको जनाए । कन्सर्टको विक्री प्रति टिकेटबाट २५ पेन्स् च्यारिटीमा खर्च गर्ने इलाइट्स क्रुले जनाएको छ ।
नेपथ्य यसअघि पनि लन्डन आइसकेको, हालै दि रोयल अल्बर्ट हलको कन्सर्ट समेत आधाजसो खाली भएकामा नेपथ्यले अब पाउने दर्शकबारे राखिएको जिज्ञासामा आयोजकले उनीहरुको ब्रान्ड र नयां गीत समेत हुने भएकाले कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेका छन् । कन्सर्ट लगत्तै रातभर पार्टी समेत हुने इलाइट्स क्रुले जनाएको छ ।
इलाइट्स क्रुले गत डिसेम्बरमा मात्र युवामाझ चर्चित गायक दिव्या सुब्बा र रक ब्याण्ड अल्बाट्रोसलाई पहिलोपटक लन्डन ल्याएर ट्रोक्सीमा सफल कन्सर्ट गरेको थियो ।
पत्रकार सम्मेलनमा इलाइट्स क्रु आवद्ध एलबीजेड गुरुङ, म्याक्सी गुरुङ, विजय गुरुङ, सुरज सिंह, सन्जय पुन, पवन गुरुङ लगायत सहभागी थिए ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?