काठमाडौँ, २६ असार । नेपाली चलचित्रमा चर्चामै रहेका बेला अमेरिका पलायन भएका कलाकार सरोज खनाललाई जीवनमा तपाइँलाई सबैभन्दा पछुतो लाग्ने कुरा के छ ? भन्ने प्रश्न गर्दा उनले जवाफ दिए –‘मैले मेरी श्रीमती सूर्यमाला शर्माभित्र रहेको एउटी अभिनेत्रीलाई मार्ने काम गरेँ । अमेरिका जाने मेरो निर्णय थियो तर उनलाई एकपटक पनि नसोधी मैले आफूसँगै अमेरिका लिएर गएँ । उनी नेपालमा राम्रो अभिनेत्री थिइन् तर उनको अभिनयलाई पूर्णविराम लगाउने काम मैले गरेँ । मलाई अहिले पनि यस कुरामा पछुतो लाग्छ ।’
कालिकास्थानमा रहेको सर्वनाम थिएटरले सुरु गरेको ‘कलाकारसँग अन्तरङ्ग’ कार्यक्रमका पहिलो अतिथि बन्दै उनले आफूले कतिपटक प्रयत्न गर्दा पनि सूर्यमालालाई अभिनयमा फर्काउन खोज्दा पनि नसकेकाले अब दर्शकको चाहनाले मात्र त्यो सम्भव हुने बताए ।
‘सरोज खनालसँग ६० मिनेट’ मा दर्शकले उनका अभिनय, अमेरिका बसाईं र व्यक्तिगत विषयमा गरेका प्रश्नको उत्तर र १७ वर्षपछि पहिलोपटक रङ्गमञ्चमा नाटक प्रस्तुत गरेका थिए ।
सत्र वर्षको अमेरिका बसाइँपछि अब नेपालमै केही गर्छु भन्ने सोँचका साथ फर्केका कलाकार खनालले नेपाललाई ‘ल्यान्ड अफ पोसिबिलिटिज्’ का रूपमा लिएको बताए ।
एक दर्शकले गरेको प्रश्नमा उनले भने, “कोही अमेरिका जान चाहन्छ भने म नजाउ त भन्दिन तर त्यहाँबाट केही सिकेर छिट्टै नेपाल फर्क है चाहिं पक्कै भन्छु ।”
अमेरिका जानेबित्तिकै आफू अभिनय नै गर्ने भन्दै हलिउडमा समेत गएको उनले स्मरण गरे । “युएसए भनेको यु स्टार्ड एगेन रहेछ”, उनले भने, “त्यहाँ नेपालमा तँ जतिसुकै ठूलो कलाकार भएपनि यहाँ जिरोदेखि नै सुरु गर्नुपर्छ भनेर सुरुमा एक्टिङ् कोर्स लिन भनियो । कोर्सको त ६० हजार डलर पो रहेछ मसँग त मात्र ६० डलर थियो । त्यसपछि हलिउडमा अभिनय गर्ने रहर पनि कता हरायो कता ।”
निर्देशक राजेन्द्र शलभले गरेको अन्तरङ्ग कुराकानीमा कलाकार खनालले अहिलेका कलाकारले अभिनय विषयलाई पढ्न समेत पाउने भएकाले उनीहरूलाई भाग्यमानीका रूपमा लिए । “हाम्रा पालामा अभिनयको अ पनि नजानेकाहरू चलचित्र निर्माणतिर लाग्थे । अहिले त अभिनय, निर्देशनलगायत विषयलाई पढेर आउँछन् । यसले अभिनयलाई अब्बल बनाएको छ,” उनले भने ।
उनको पछिल्लोपटक ‘नाई नभन्नु ल–२’ बाट नेपाली चलचित्रमा पुनरागमन भएको छ ।
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते