लन्डन । यतिखेर बेलायतमा सम्मान ग्रहणले भ्याइनभ्याइ छ पप गीतका जन्मदाता ओमविक्रम विष्टलाई । रोयल अल्बर्ट हलमा कन्सर्ट सकिएपछि विभिन्न संघसंस्थाले वरिष्ठ गायक विष्टसहित अन्य कलाकारलाई सम्मान दिइरहेका छन् । शनिवार दिउसो रेडिङमा पासा पुचः को सम्मान थापे लगत्तै उनी विशेष अतिथीका रुपमा सामेल भए क्षेत्री समाज बेलायतको वार्षिक भेलामा । सो अवसरमा समाजले उनलाई सम्मान गर्यो ।
सम्मानपछि विष्टलाई दिनभर प्रतिक्षा गरिरहेका दर्शकले डिमान्ड गरिहाले गाउन । अनि गाए, को हो त्यो जसले मलाई मोहनी लगायो…। गायन श्रृंखला केही लम्बियो । उनले नयां पुराना गीत गाउंदा दर्शक मज्जाले नाचे । त्यतिखेर उमेर क्रमशः ढल्कंदै गएपनि गायनमा चाहिं कुनै कमी नआएको उनको हाउभाउले प्रष्ट्याइरहेको थियो ।
सरेको स्ट्यान्ली पार्क हाइ स्कुलमा शनिवार आयोजित वार्षिक भेलामा आकर्षण थिए विष्ट । क्षेत्री समाज बेलायतका प्रमुख संरक्षक ध्रुव केसी र अध्यक्ष प्रेम खड्काले संयुक्त रुपमा उद्घाटन गरेको उक्त भेलामा भूकम्पमा दिवंगत हुनेहरुको सम्झनामा मौनधारणसहित मैनवत्ति प्रज्वलन गरियो । बेलायती नेपाली दुवै राष्ट्रिय गीत बजे ।
मन्तव्यका क्रममा समाजका अध्यक्ष खड्काले आफ्ना भावी सन्ततिलाई क्षेत्रीहरुको कला संस्कृति र भेषभूषा सम्वन्धि जानकारी मनोरन्जनात्मक माध्यमबाट दिनु भेलाको उद्देश्य रहेको प्रष्ट्याए । संरक्षक केसीले प्रवासमा रहेर पनि क्षेत्री जातीले आफ्नो संस्कृति, रहनसहन जगेर्ना गरिरहेको बताए । केसीले समाजको दोश्रो स्मारिका ड्रिमल्याण्ड विमोचन समेत गरे ।
समाजका महासचिव टेकबहादुर जिसीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष क्या. रि. धनबहादुर कुंवरले स्वागत मन्तव्य दिएका थिए । त्यस अवसरमा प्रमुख संरक्षक केसी र अध्यक्ष खड्काले विभिन्न क्षेत्रमा पदोन्नति र शैक्षिक सफलता हांसिल गर्ने विभिन्न व्यक्तित्वलाई प्रमाणपत्र र खादाले सम्मान गरेका थिए ।
भेलामा सल्लाहकारहरु कृष्ण अधिकारी, सोलिसिटर राजु थापा, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, पत्रकारहरु चिरन शर्मा, रन्जित बस्नेत, नरेन्द्र बस्नेत लगायत सयौं सहभागी थिए । प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री चाहिं कार्यव्यस्तताले छिट्टै हल छाडे । भेला स्थल अलिक अपायक र अन्तिम समयमा परिवर्तन भएकाले सहभागी विगत जस्तो नभएको आयोजकले बताएका छन् ।
भेलामा सांस्कृतिक खुराक अत्यधिक थियो । समाजकै सदस्य गायक दीपक थापाको देशले रगत मागे…, भक्तराज आचार्यको जहां छन् वुद्धका आंखा…जस्ता गीतमा दर्शक स्तव्ध देखिन्थे । उनले आफ्नै एल्बमको जहां तिमी पुगे पनि…सहित अन्य कयौं गीत गाएर दर्शकलाई मनोरन्जन दिए ।
सुनिता गौतम थापाको माइती घर…बोलको पुरानो नेपाली गीतमा नृत्य होस् वा दिदी बहिनी जस्टिना र मेरिना थापाको मन्वा लागे… हिन्दी गीतमा संयुक्त नृत्य, दर्शक भरपुर मनोरन्जन लिइरहेका थिए । समिर थापा, युसिका थापा, एन्जेला केसी, अदिती अधिकारी, सम्झना, संयोग जिसी, मोनिका जिसी, रविन्द्र थापा, सेविका केसी, प्रतिमा केसी लगायतको गायन, नृत्य सहभागीका लागि थप मनोरन्जनात्मक ‘प्याकेज’ मा थिए ।
सांस्कृतिक कार्यक्रम समापनपछि डिजे हेम विष्टको गीतसंगीतमा अवेरसम्म चल्यो नाचगान ।
तस्विरहरुः नरेन्द्र बस्नेत
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता