लन्डन । एक समय आउटडोर क्याटरिङमा एकछत्र पकड जमाएको रारा क्याटरर्स केही समयको मौनतापछि पुनः सेवामा फर्किएको छ । दशक अघि खुलेको रारा व्यवस्थापनले अत्याधुनिक प्रविधियुक्त सामाग्री, नयां सोच र अनुभवी जनशक्तिका साथ सेवामा फर्किएको जनाएको छ ।
इभेन्ट म्यानेजमेन्ट र आउटडोर क्याटरिङमा नेपालीको भारी रकम भारतीय व्यवसायतिर गइरहेको परिप्रेक्ष्यमा उस्तै दाममा त्यति बराबरको गुणस्तरीय सेवा दिने अठोट राराको छ । ‘हामी भारतीय समुदायले दिने जत्तिको सेवा दिन सक्षम छौं’, रारा क्याटरर्सका संस्थापक एवं प्रवन्ध निर्देशक प्रताप रायमाझीले भने, ‘थोरै पैसा थपे नेपालीले गर्ने बिहे लगायत अन्य हरेक इभेन्ट्स फाइभ स्टार होटलमै गर्न सकिन्छ जसबारे कम नेपालीलाई मात्र ज्ञात छ ।’
आफ्नो फाइभ स्टार सर्भिस् हुने दावी राराको छ । उससंग एचएसक्यूसी (हेल्थ, सेफ्टी एण्ड क्वालिटी कन्ट्रोल इन्टरनेशनल) र एचएसीसीपी (हाजार्ड एनलाइसिस एण्ड क्रिटिकल कन्ट्रोल प्वाइन्टस्) लाइसेन्स छ ।
बिहे प्याकेज (फाइभ स्टार होटल भेन्यू, डिजे, फोटो भिडियोग्राफी आदि), कर्पोरेट इभेन्ट्स, सामुदायिक समारोह, निजी पार्टी आदिमा आउटडोर र इनडोर क्याटरिङ गरिदिने राराले जनाएको छ । तापक्रम नियन्त्रित सवारी साधनमा राखेर उसले हरेक स्थानमा पुर्याउने खाना ताजा र हाइजेनिक हुने राराको भनाइ छ । स्याटेलाइट किचेनबाट खाना नपुग भए तत्कालै व्यवस्थासहित बेलायतभर जहां गएर पनि ५ हजार जना सम्मको पार्टीका लागि क्याटरिङ गरिदिने राराले जनाएको छ ।
इभेन्ट प्लानिङ, साजसज्जा, कार्यक्रम स्थल व्यवस्थापन आदि उसको सेवाभित्र छन् ।
राराले यही २२ जुलाईमा भूकम्प पीडितको सहयोगार्थ नर्थउड आर्मी मुख्यालयमा हुने च्यारिटीमा समेत सहभागिता जनाउंदै छ ।
‘हामी बजेट अनुसार धेरै लचिलो छौं’, रायमाझीले भने, ‘थोरै बजेट हुनेलाई सस्तो दाममै र मातृभूमिका लागि गरिने च्यारिटी कार्यक्रम सस्तो गरिदिन हामी तयार छौं ।’
उसले अन्य संस्थाको सहकार्यमा वर्षमा ८, १० वटा च्यारिटी कार्यक्रम गरेर स्वदेशका लागि केही सहयोग गर्ने योजना समेत बनाएको छ । ‘व्यवसायमात्र भन्दा पनि केही च्यारिटी गर्ने हाम्रो अभिलासा हो’, रायमाझीले सुनाए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय