लन्डन । १९ औं सेन्ट्रल इंग्ल्याण्ड करांते च्याम्पियनसिपमा कास्य पदक जित्ने दुई नेपाली खेलाडी सुनिल लामा र परशुराम बास्तोलालाई एनआरएनए यूकेले सम्मान गरेको छ । बुधवार सांझ याक एण्ड यती रेष्टुरेन्ट एल्थाममा आयोजित एक समारोहबीच विजेता खेलाडीलाई सम्मान गरिएको हो ।
उनीहरुलाई एनआरएनए आइसीसी सदस्य विनोद ज्ञवाली तथा एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले प्रमाणपत्रसहित खादाले सम्मान गरे । कंरातेका पूर्व प्रशिक्षक तथा राष्ट्रिय रेफ्री एवं एनआरएनए यूके सल्लाहकार जीवन सेनको संयोजनमा भएको उक्त सम्मान कार्यक्रममा सेन र एनआरएनए यूके सदस्य तथा युथ एसोसिएसन यूकेका अध्यक्ष हयारी गुरुङले खेलाडीलाई ट्रयाक सुट प्रदान गरि वधाइ तथा शुभकामना दिएका थिए ।
पूर्व बक्सिङ खेलाडी एवं नेविसंघ बेलायतका कार्यवहाक अध्यक्ष कुश बस्नेतले सञ्चालन गरेको कार्यक्रममा खेलाडीलाई अन्य सहभागीले पनि वधाइ तथा खादाले सम्मान गरेका थिए ।
उक्त अवसरमा एनआरएनए यूके सल्लाहकारहरु सुरज केसी, भोजप्रसाद गुरुङ लगायतले शुभकामना दिए । एनआरएनए यूके सदस्य तथा पत्रकार फडिन्द्र भट्टराई स्वागत मन्तव्य दिएका थिए ।
सम्मान कार्यक्रम गर्न युथ एसोसिएसन यूकेका अध्यक्ष हयारी गुरुङ, एनआरएनए यूके सदस्य दीपक श्रेष्ठ, करांतेका पूर्व खेलाडी ज्ञान गुरुङ, एनआरएनए यूके सल्लाहकार जिवन अधिकारी, युवा व्यवसायीहरु हरि आचार्य, राजकुमार गुरुङले सहयोग गरेका थिए ।
कार्यक्रममा एनआरएनए यूके सचिव दासुराम पाण्डे, हेल्प नेपाल यूकेका सचिन श्रेष्ठ, मिडियाकर्मीहरु कुशल श्रेष्ठ र गुणराज घिमिरे, खस समाजका इन्द्र कार्की, कपिलबस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठ, पासा पुचःका कुमार श्रेष्ठ, सुशिल लामा, रुवी लामा, गणेश खड्का लगायतको सहभागिता थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा