लन्डन । १९ औं सेन्ट्रल इंग्ल्याण्ड करांते च्याम्पियनसिपमा कास्य पदक जित्ने दुई नेपाली खेलाडी सुनिल लामा र परशुराम बास्तोलालाई एनआरएनए यूकेले सम्मान गरेको छ । बुधवार सांझ याक एण्ड यती रेष्टुरेन्ट एल्थाममा आयोजित एक समारोहबीच विजेता खेलाडीलाई सम्मान गरिएको हो ।
उनीहरुलाई एनआरएनए आइसीसी सदस्य विनोद ज्ञवाली तथा एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले प्रमाणपत्रसहित खादाले सम्मान गरे । कंरातेका पूर्व प्रशिक्षक तथा राष्ट्रिय रेफ्री एवं एनआरएनए यूके सल्लाहकार जीवन सेनको संयोजनमा भएको उक्त सम्मान कार्यक्रममा सेन र एनआरएनए यूके सदस्य तथा युथ एसोसिएसन यूकेका अध्यक्ष हयारी गुरुङले खेलाडीलाई ट्रयाक सुट प्रदान गरि वधाइ तथा शुभकामना दिएका थिए ।
पूर्व बक्सिङ खेलाडी एवं नेविसंघ बेलायतका कार्यवहाक अध्यक्ष कुश बस्नेतले सञ्चालन गरेको कार्यक्रममा खेलाडीलाई अन्य सहभागीले पनि वधाइ तथा खादाले सम्मान गरेका थिए ।
उक्त अवसरमा एनआरएनए यूके सल्लाहकारहरु सुरज केसी, भोजप्रसाद गुरुङ लगायतले शुभकामना दिए । एनआरएनए यूके सदस्य तथा पत्रकार फडिन्द्र भट्टराई स्वागत मन्तव्य दिएका थिए ।
सम्मान कार्यक्रम गर्न युथ एसोसिएसन यूकेका अध्यक्ष हयारी गुरुङ, एनआरएनए यूके सदस्य दीपक श्रेष्ठ, करांतेका पूर्व खेलाडी ज्ञान गुरुङ, एनआरएनए यूके सल्लाहकार जिवन अधिकारी, युवा व्यवसायीहरु हरि आचार्य, राजकुमार गुरुङले सहयोग गरेका थिए ।
कार्यक्रममा एनआरएनए यूके सचिव दासुराम पाण्डे, हेल्प नेपाल यूकेका सचिन श्रेष्ठ, मिडियाकर्मीहरु कुशल श्रेष्ठ र गुणराज घिमिरे, खस समाजका इन्द्र कार्की, कपिलबस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठ, पासा पुचःका कुमार श्रेष्ठ, सुशिल लामा, रुवी लामा, गणेश खड्का लगायतको सहभागिता थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते