लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतका उपाध्यक्ष हिराधन राईले सेप्टेम्बरमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
तमुधिं यूके पूर्व अध्यक्ष मछेत्र गुरुङले अध्यक्षमा लड्ने घोषणा गरे लगत्तै राईले पनि अध्यक्षमा उठ्ने जनाएका हुन् ।
सन् २००३ देखि एनआरएनए अभियानमा लागेको जनाउंदै उनले अध्यक्ष जिम्मेवारी सम्हाल्न आफू सक्षम रहेको दावी गरेका छन् । भूपू गोर्खाहरुको समान पेन्सन लगायत माग र नेपाली नागरिकताको निरन्तरता अभियान आफ्नो प्रमुख अजेन्डा भएको राईले जनाए । ‘अध्यक्ष भए संघलाई बेलायतमै रहेका नेपालीहरुको हितमा समर्पित गर्ने मेरो योजना छ’, राईले भने ।
१८ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेर अवकास लिएका राई अझै पनि आर्मीकै मातहतमा कार्यरत छन् । कोसोभो, सेरालियोन, मेसोडोनिया, इराक र अफगानिस्तान युद्धमा अग्रपंक्तिमा उभिएर लडाईं लडेका उनले आर्मी सेवाका क्रममा ब्रुनाइ, अमेरिका, न्यूजिल्याण्ड, हङकङ, केन्या, क्यानडा, मलेसिया आदिमा खटिएको जनाए ।
उपाध्यक्ष भएर दुई वर्ष बिताएका राईले अनिश खालिङ जीवन रक्षा अभियानमा आर्थिक संकलनदेखि भूकम्प पीडितहरुको राहतका लागि फिल्डमै गएर काम गरेको, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई भेटेर दुई जन्ममितिका कारण भूपू गोर्खाहरुले एमआरपी बनाउन खेप्दै आएको सास्ती हटाउन पहल गरेको, चरण चरणमा नेपाली नागरिकताको निरन्तरताका लागि आवाज उठाएको, राष्ट्र राई लगायतले रेडिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता संयोजन गरेको र गोर्खा सत्याग्रह आन्दोलनमा प्रत्यक्ष सहभागिता जनाएको बताएका छन् ।
सिन्धुपाल्चोक र गोर्खा जिल्लामा श्रीमतिका साथ आफैं गएर राहत बांडेका राईले बेलायतबाट तीन चरण राहत सामाग्री नेपाल पठाउन संयोजन गरेको समेत उल्लेख गरे । ‘गैर आवासीय नेपालीको कल्याणकारी कामका लागि गर्न सकिने धेरै छन्, त्यसका लागि आर्थिक सवलतामात्र भन्दा पनि इच्छाशक्ति आवश्यक हुने मेरो ठम्याइ छ’, राईले भने ।
अर्का उपाध्यक्ष सूर्य नेम्वाङले पनि उम्मेदवारी दिने चर्चा छ । त्यसो त अध्यक्ष महेन्द्र कंडेलले वर्तमान कार्यसमिति विवादमै रुमल्लिएका कारण सोचेजस्तो काम गर्न नपाएको भन्दै पुनः अध्यक्षमा उम्मेदवारी दिने चर्चा समेत छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते