काठमाडौँ, २२ असार । कलाकार हरिवंश आचार्यलाई नायक बनाइएको ‘करोडौँ कस्तुरी’ उपन्यास बजारमा आएको छ ।
मदन पुरस्कार विजेता ‘सेतो धर्ती’ का लेखक अमर न्यौपानेकृत सो कृति फाइन प्रिन्टले प्रकाशन गरेको हो । कृतिले विद्यार्थीलाई कसरी पढाउने, उनीहरूको विशेष दख्खल कुन विषयमा छ, उनीहरूलाई कसरी त्यो विषयमा दक्ष बनाउने भन्ने मार्गनिर्देश गरेको छ । नपढेको मान्छेले पनि समाजमा केही गर्न सक्छ कस्तुरीले आफ्नो गुण नचिने पनि मान्छेले आफ्नो गुण चिनी समाजमा नाम, दाम र प्रतिष्ठा कमाउँछ भन्ने सन्देश पुस्तकले दिएको छ ।
शिक्षाविद् केदारभक्त माथेमा, कलाकार आचार्य र लेखक न्यौपानेले संयुक्त रूपमा सो उपन्यास सार्वजनिक गरेका हुन् । सो अवसरमा शिक्षाविद् माथेमाले नेपाली साहित्यले पनि विश्व साहित्यसँगसँगै हिँड्न सक्ने क्षमता राख्ने बताउँदै अब नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवादन गर्ने बेला आइसकेको उल्लेख गरे ।
कलाकार आचार्यले मानिसले सधैँ आफ्नो गुणको पहिचान गर्न नसक्ने भएकाले कहिले साथी, कहिले अभिभावक त कहिले शिक्षकले त्यो गुण चिनाइदिनुपर्ने बताए । “उपन्यास पढ्दा मेरा आँखा रसाए”, उनले आफ्नो अनुभव सुनाउँदै भने ।
लेखक न्यौपानेले आफूले १२ वर्ष विद्यालयमा पढाउँदा विद्यार्थी विद्यालयभित्र छिर्दा त्यति उत्साही नहुने तर विद्यालयबाट छुट्टी भएर फर्कँदा खुसी हुने गरेको देखेपछि जिज्ञासा लागी सो पुस्तक लेख्ने प्रेरणा मिलेको बताए ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित