काठमाडौँ, २२ असार । कलाकार हरिवंश आचार्यलाई नायक बनाइएको ‘करोडौँ कस्तुरी’ उपन्यास बजारमा आएको छ ।
मदन पुरस्कार विजेता ‘सेतो धर्ती’ का लेखक अमर न्यौपानेकृत सो कृति फाइन प्रिन्टले प्रकाशन गरेको हो । कृतिले विद्यार्थीलाई कसरी पढाउने, उनीहरूको विशेष दख्खल कुन विषयमा छ, उनीहरूलाई कसरी त्यो विषयमा दक्ष बनाउने भन्ने मार्गनिर्देश गरेको छ । नपढेको मान्छेले पनि समाजमा केही गर्न सक्छ कस्तुरीले आफ्नो गुण नचिने पनि मान्छेले आफ्नो गुण चिनी समाजमा नाम, दाम र प्रतिष्ठा कमाउँछ भन्ने सन्देश पुस्तकले दिएको छ ।
शिक्षाविद् केदारभक्त माथेमा, कलाकार आचार्य र लेखक न्यौपानेले संयुक्त रूपमा सो उपन्यास सार्वजनिक गरेका हुन् । सो अवसरमा शिक्षाविद् माथेमाले नेपाली साहित्यले पनि विश्व साहित्यसँगसँगै हिँड्न सक्ने क्षमता राख्ने बताउँदै अब नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवादन गर्ने बेला आइसकेको उल्लेख गरे ।
कलाकार आचार्यले मानिसले सधैँ आफ्नो गुणको पहिचान गर्न नसक्ने भएकाले कहिले साथी, कहिले अभिभावक त कहिले शिक्षकले त्यो गुण चिनाइदिनुपर्ने बताए । “उपन्यास पढ्दा मेरा आँखा रसाए”, उनले आफ्नो अनुभव सुनाउँदै भने ।
लेखक न्यौपानेले आफूले १२ वर्ष विद्यालयमा पढाउँदा विद्यार्थी विद्यालयभित्र छिर्दा त्यति उत्साही नहुने तर विद्यालयबाट छुट्टी भएर फर्कँदा खुसी हुने गरेको देखेपछि जिज्ञासा लागी सो पुस्तक लेख्ने प्रेरणा मिलेको बताए ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?