लन्डन । पांचौं ग्रीनवीच कप आगामी २ अगष्टमा हुने भएको छ । साउथ इष्ट रिजनल तमुधिं लन्डन र नेपाली युथ एसोसिएसन यूकेले संयुक्त रुपमा ग्रीनवीच कप गर्न लागेका हुन् ।
आइतबार गोर्खा क्लव प्लमस्टिडमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले रोयल आर्टिलरी ब्यारेक्स्, उलवीचमा कप हुने जनाए । प्रथम हुने टिमलाई १५ सय पाउण्ड पुरस्कार तोकिएको उक्त कपमा भलिवल प्रतियोगिता समेत एकसाथ हुने जनाइएको छ । भलिवल एकसाथ हुन लागेको यो वर्ष दोश्रो हो । आयोजकले फुटबल प्रतियोगितामा करिब दुई दर्जन र भलिवलमा कम्तीमा ४ टिम सहभागी हुने अपेक्षा व्यक्त गरेका छन् ।
आयोजक मध्ये एक नेपाली युथ एसोसिएसन यूकेका अध्यक्ष हरि गुरुङले प्रतिभावान युवाहरुलाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको जनाए । ‘प्रतियोगितामा सबै क्षेत्र र वर्गलाई ढोका खुल्ला छ’, गुरुङले जनाए ।
साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष श्रीचन्द्र गुरुङले युवाहरुलाई कुलततिर लाग्नबाट रोक्न यस्ता प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा ग्रीनवीच कपका संयोजक साइजल गुरुङ र सुमन गुरुङले प्रतियोगिता तयारीबारे अवगत गराएका थिए ।
ग्रीनवीच क्लवले सन् २०११ देखि शुरु गरेको ग्रीनवीच कप पछि नेपाली युथ एसोसिएसन यूकेले जिम्मा लिएको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा