काठमाण्डू नागार्जुनहिल्सस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आउँदो अगष्ट महिनामा लण्डनमा ध्यान शिविर सन्चालन गर्ने भएका छन्।
आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ आउँदो अगष्ट महिनाको दोश्रो साता स्वामी अरुण लण्डन आउन लागेको आयोजक संस्था ओशो क्याम्प युकेले जनाएको छ।
आफ्नो छोटो बसाइमा उनले लण्डनबाहिर बस्वर्थ, वारविकशायरमा अगष्ट १३ देखि अगष्ट १६ सम्म तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नेछन् ।
ध्यान शिविरमा सहभागी हुन चाहने इच्छुक मित्रहरुले यथाशीघ्र oshoanandabodhi@gmail.com वा shankardhakal@hotmail.com मा सम्पर्क राख्न आयोजकहरुले आग्रह गरेका छन्।
शिविरबारे थप जानकारी www.oshoanandbodhilondon.co.uk मा पाउन सकिनेछ।
संसारका बीसभन्दा बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरिसकेका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताए । नेपाल आफै प्राकृतिक विपत्तीबाट गुज्रीरहेको भएपनि नेपालबाहिर रहेका साधकहरु र नेपालका मित्रहरुसंगसंगै साधना गर्न आफु बेलायत आउन लागेको उनले बताए ।
“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले श्रद्धेय स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भने ।
समयमै बुकिङ गरी ध्यान शिविरबाट लाभान्वित हुन आयोजक ओशो क्याम्प युकेले सबैलाई आग्रह गरेको छ।
स्वामी अरुणले गत नौ वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आएका छन् । गत वर्ष ब्रिटिश सांसदहरुले संसद भवनमै ध्यान गरेका थिए।
उनीहरुले अल पार्टी पार्लयामेन्टरी ग्रुप अन माइन्डफुलनेश पनि गठन गरेका छन्।
“राजनीति होस् वा सार्वजनिक जीवनमा, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” स्वामी अरुणले भने ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ