काठमाण्डू नागार्जुनहिल्सस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आउँदो अगष्ट महिनामा लण्डनमा ध्यान शिविर सन्चालन गर्ने भएका छन्।
आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ आउँदो अगष्ट महिनाको दोश्रो साता स्वामी अरुण लण्डन आउन लागेको आयोजक संस्था ओशो क्याम्प युकेले जनाएको छ।
आफ्नो छोटो बसाइमा उनले लण्डनबाहिर बस्वर्थ, वारविकशायरमा अगष्ट १३ देखि अगष्ट १६ सम्म तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नेछन् ।
ध्यान शिविरमा सहभागी हुन चाहने इच्छुक मित्रहरुले यथाशीघ्र [email protected] वा [email protected] मा सम्पर्क राख्न आयोजकहरुले आग्रह गरेका छन्।
शिविरबारे थप जानकारी www.oshoanandbodhilondon.co.uk मा पाउन सकिनेछ।
संसारका बीसभन्दा बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरिसकेका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताए । नेपाल आफै प्राकृतिक विपत्तीबाट गुज्रीरहेको भएपनि नेपालबाहिर रहेका साधकहरु र नेपालका मित्रहरुसंगसंगै साधना गर्न आफु बेलायत आउन लागेको उनले बताए ।
“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले श्रद्धेय स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भने ।
समयमै बुकिङ गरी ध्यान शिविरबाट लाभान्वित हुन आयोजक ओशो क्याम्प युकेले सबैलाई आग्रह गरेको छ।
स्वामी अरुणले गत नौ वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आएका छन् । गत वर्ष ब्रिटिश सांसदहरुले संसद भवनमै ध्यान गरेका थिए।
उनीहरुले अल पार्टी पार्लयामेन्टरी ग्रुप अन माइन्डफुलनेश पनि गठन गरेका छन्।
“राजनीति होस् वा सार्वजनिक जीवनमा, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” स्वामी अरुणले भने ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते