लन्डन । वी. पी. कोइरालाको चर्चित उपन्यासमा आधारित सिनेमा तीन घुम्तीको पहिलो ग्रयाण्ड रेड कार्पेट प्रिमियर आगामी २२ अगष्टमा हुने भएको छ । अल्डरसटस्थित प्रिन्सेस् हलमा प्रिमियर हुन लागेको फिल्ममा आवद्ध एक कलाकार ध्रुव दत्तले जनाए ।
उक्त प्रिमियर भूकम्प पीडितहरुको सहयोगार्थ केन्द्रित हुने बताइएको छ । प्रिमियरका बेला निर्देशक बाबुराम ढकाल समेत उपस्थित हुनेछन् । उक्त सिनेमा यूकेका विभिन्न शहर र स्कटल्याण्डमा समेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको
छ । कर्म प्रोडक्शनको ब्यानरमा बनेको उक्त सिनेमा लेखन सामिप्य तिमिल्सिनाले गरेका हुन् ।
तीन घुम्तीमा गरिमा पन्त, ध्रुव दत्त, लक्ष्मी गिरी, प्रथम नेपाली हिरोइन भुवन चन्द, मोहनदास श्रेष्ठ, सुशान्त कार्की आदि कलाकारहरुले अभिनय गरेका छन् भने सिनेमाटोग्राफी रामेश्वर कार्कीको छ । बेलायतमा रहेका नायक ध्रुव दत्तले फिल्म निर्माण अवधिमा धेरै अविष्मरणीय क्षण बटुलेको जनाउंदै निर्देशक ढकालसंग काम गर्दा सहज भएको अनुभव सुनाए ।
दत्त उक्त फिल्ममा एउटा राजनीतिज्ञको भूमिकामा देखिएका छन् । परिवार र राजनीतिसंगै अगाडि बढाउन अप्ठेरो परेको क्षण फिल्मले समेटेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते