
लन्डन । पहिलो फिल्म हंसियाबाट एकाएक चर्चामा आएका युवा निर्देशक मिलन चाम्स्ले आफ्नो जन्मदिनको अवसरमा बिहीवार वीर विक्रम नामक नयां फिल्म बनाउने घोषणा गरेका छन् ।
एक्सन, कमेडी र ड्रामा जेनर मिश्रित हुने भनिएको उक्त फिल्ममा चलेका कलाकारहरु दयाहाङ राई, अर्पण थापा, अनुप बिक्रम शाही अनि नयां अनुहार दिया पुन मुख्य भूमिकामा रहने पक्का भएको छ ।
निर्देशक चाम्स्ले सिनेमामा यम थापाको कथा, राम केसीको छायांकन, तारा प्रकाशको संगीत अनि रेनशा राईको नृत्यनिर्देशन रहने जनाए ।
चाम्स् फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको वीर विक्रमको निर्माता निर्देशक मिलन चाम्स् स्वयं छन् भने सहनिर्माताहरुमा अनिला राई, पृथ्बीराज राई र शिब कुमार राईको संयुक्त लगानी रहनेछ ।
फिल्मको प्राविधिक तथा प्रि प्रोडक्शन कामका लागि केही समय अघि बेलायत आएका चाम्स्ले हलिउडका प्राविधिकहरुसंग सिप सिक्ने अवसर प्राप्त गर्न पाउनुलाई यूके बसाइको उपलब्धि मानेका छन् ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा