लन्डन । यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआई) ले भिजा थप्न निवेदन दिएका नेपाली विद्यार्थीहरुको आवेदन भूकम्पकै कारण पुनर्विचार गर्ने बेग्लै नीति वा छुट नभएको स्पष्ट पारेको छ ।
गत मे ९ तारिख एनआरएनए यूकेले भूकम्पपछि नेपालको दयनीय स्थिति अगाडि सार्दै पीडित विद्यार्थीलाई अस्थायी बसोवासका लागि पुनर्विचार गरिदिन आग्रह सहित पठाएको पत्रको जवाफमा यूकेभिआईले उक्त कुरा प्रष्ट्याएको हो ।
उसले विद्यार्थीहरु थप बस्न चाहे फरदर लिभ टु रिमेन (एफएलआर) आवेदन गर्न सुझाएको छ, जुन नियम सामान्य र विद्यमान छ ।
हाल यूके रहेका नेपाली विद्यार्थीले आवश्यक मापदण्ड पुरा गर्न सके एफएलआरका लागि आवेदन गर्न सक्ने सुझाइएको छ । हरेक आवेदन गहन रुपमा हेरि बलियो प्रमाण भए त्यसका आधारमा निर्णय लिइने यूकेभिआईको स्पष्टोक्ति छ ।
एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले भने पत्रको जवाफलाई सकारात्मक भनेका छन् । अब नेपाली विद्यार्थीले एफएलआर आवेदन दिंदा उनीहरुको केस पहिलाभन्दा थप बलियो हुने उनको दावी छ ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग