लन्डन । यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआई) ले भिजा थप्न निवेदन दिएका नेपाली विद्यार्थीहरुको आवेदन भूकम्पकै कारण पुनर्विचार गर्ने बेग्लै नीति वा छुट नभएको स्पष्ट पारेको छ ।
गत मे ९ तारिख एनआरएनए यूकेले भूकम्पपछि नेपालको दयनीय स्थिति अगाडि सार्दै पीडित विद्यार्थीलाई अस्थायी बसोवासका लागि पुनर्विचार गरिदिन आग्रह सहित पठाएको पत्रको जवाफमा यूकेभिआईले उक्त कुरा प्रष्ट्याएको हो ।
उसले विद्यार्थीहरु थप बस्न चाहे फरदर लिभ टु रिमेन (एफएलआर) आवेदन गर्न सुझाएको छ, जुन नियम सामान्य र विद्यमान छ ।
हाल यूके रहेका नेपाली विद्यार्थीले आवश्यक मापदण्ड पुरा गर्न सके एफएलआरका लागि आवेदन गर्न सक्ने सुझाइएको छ । हरेक आवेदन गहन रुपमा हेरि बलियो प्रमाण भए त्यसका आधारमा निर्णय लिइने यूकेभिआईको स्पष्टोक्ति छ ।
एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले भने पत्रको जवाफलाई सकारात्मक भनेका छन् । अब नेपाली विद्यार्थीले एफएलआर आवेदन दिंदा उनीहरुको केस पहिलाभन्दा थप बलियो हुने उनको दावी छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा