लन्डन । करिब २० वर्ष ब्रिटिश आर्मीमा बिताएका एक भूपू गोर्खाले यूनाइटेड किङ्डम बडी बिल्डिङ एण्ड फिटनेश फेडेरेशनको जेड के के क्लासिक टुर्नामेन्टमा प्रथम स्थान जित्न सफल भएका छन् । नर्थहोल्ट लन्डन निवासी जबिन्द्र राईले आइतबार हार्टफोर्डसायरमा आयोजित प्रतियोगिताको मास्टर्स क्याटगोरिजमा प्रथम स्थान सुरक्षित गरेका हुन् । अब उनी यसै वर्षको अक्टोबर ३ र ४ मा बेलायतमा हुने यूके बडी बिल्डिङ एण्ड फिटनेश फेडेरेशन ब्रिटिश फाइनलमा भिड्न योग्य भएका छन् ।
फाइनलमा उपाधि जिते प्रोफेशनल कार्ड पाइने र उक्त कार्डले मिस ओलम्पियामा भिड्न सकिने राईले जनाए ।
नेपालीले यस तहसम्म जितेको बेलायतमा पहिलो भएको दावी राईको छ । उपाधि जितेपछि वीनेपालीसंग खुशी सांट्दै उनले आफ्ना गुरु पुष्प श्रेष्ठ, घनश्याम मुखिया, पल्टने दाई राजबहादुर बुरा र राष्ट्र राईको प्रेरणा एवं मार्ग निर्देशनले यहां सम्म आइपुगेको बताए । ‘ठूलो मसल्स् भएर मात्र प्रतियोगिता जितिने होइन’, राईले भने, ‘प्रेरणा, इच्छाशक्ति, लगाव र शरिर सबै ठाउंमा मिले सफलता प्राप्त गर्न सकिन्छ ।’
उनी एल्टर इगो फिटनेश कम्पनीको ब्रान्ड एम्बेसेडर समेत नियुक्त भएका छन् ।
१७ वर्षको कलिलो उमेरमा ब्रिटिश आर्मी प्रवेश गरेका राईले १५ वर्ष छंदा बिराटनगरमा गुरु पुष्प श्रेष्ठसंग शारिरीक सुगठनको प्रशिक्षण लिन थालेका थिए । राईले साउथ एसियन गेममा दुई पटक भिड्दा दुवै पटक ब्रोन्ज मेडल जितेका थिए । यस अलवा उनी दुई पटक मिस्टर ब्रुनाइ हुन सफल भए । गत वर्ष नेपालमा आयोजित धर्म श्रीमा उनी फष्ट रनर अप (दोश्रो) भएका थिए ।
स्वास्थ्य र तन्दुरुस्त देखिन फिटनेश आवश्यक देख्ने राई प्रतियोगिताका बेला बिहान दुई र बेलुका दुई घण्टा दैनिक अभ्यासमा बिताउंछन् भने अरु दिन सातामा चार चोटी अभ्यास गर्ने उनले जनाए ।
फेसबुकमा उनको ‘सेक्रेट टु सक्सेस बाइ जबिन’ पेज समेत छ, जसमा उनले आफ्नो आइडिया, प्रशिक्षण, डाइट प्लान लगायतका टिप्स् राखेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते