लन्डन । करिब २० वर्ष ब्रिटिश आर्मीमा बिताएका एक भूपू गोर्खाले यूनाइटेड किङ्डम बडी बिल्डिङ एण्ड फिटनेश फेडेरेशनको जेड के के क्लासिक टुर्नामेन्टमा प्रथम स्थान जित्न सफल भएका छन् । नर्थहोल्ट लन्डन निवासी जबिन्द्र राईले आइतबार हार्टफोर्डसायरमा आयोजित प्रतियोगिताको मास्टर्स क्याटगोरिजमा प्रथम स्थान सुरक्षित गरेका हुन् । अब उनी यसै वर्षको अक्टोबर ३ र ४ मा बेलायतमा हुने यूके बडी बिल्डिङ एण्ड फिटनेश फेडेरेशन ब्रिटिश फाइनलमा भिड्न योग्य भएका छन् ।
फाइनलमा उपाधि जिते प्रोफेशनल कार्ड पाइने र उक्त कार्डले मिस ओलम्पियामा भिड्न सकिने राईले जनाए ।
नेपालीले यस तहसम्म जितेको बेलायतमा पहिलो भएको दावी राईको छ । उपाधि जितेपछि वीनेपालीसंग खुशी सांट्दै उनले आफ्ना गुरु पुष्प श्रेष्ठ, घनश्याम मुखिया, पल्टने दाई राजबहादुर बुरा र राष्ट्र राईको प्रेरणा एवं मार्ग निर्देशनले यहां सम्म आइपुगेको बताए । ‘ठूलो मसल्स् भएर मात्र प्रतियोगिता जितिने होइन’, राईले भने, ‘प्रेरणा, इच्छाशक्ति, लगाव र शरिर सबै ठाउंमा मिले सफलता प्राप्त गर्न सकिन्छ ।’
उनी एल्टर इगो फिटनेश कम्पनीको ब्रान्ड एम्बेसेडर समेत नियुक्त भएका छन् ।
१७ वर्षको कलिलो उमेरमा ब्रिटिश आर्मी प्रवेश गरेका राईले १५ वर्ष छंदा बिराटनगरमा गुरु पुष्प श्रेष्ठसंग शारिरीक सुगठनको प्रशिक्षण लिन थालेका थिए । राईले साउथ एसियन गेममा दुई पटक भिड्दा दुवै पटक ब्रोन्ज मेडल जितेका थिए । यस अलवा उनी दुई पटक मिस्टर ब्रुनाइ हुन सफल भए । गत वर्ष नेपालमा आयोजित धर्म श्रीमा उनी फष्ट रनर अप (दोश्रो) भएका थिए ।
स्वास्थ्य र तन्दुरुस्त देखिन फिटनेश आवश्यक देख्ने राई प्रतियोगिताका बेला बिहान दुई र बेलुका दुई घण्टा दैनिक अभ्यासमा बिताउंछन् भने अरु दिन सातामा चार चोटी अभ्यास गर्ने उनले जनाए ।
फेसबुकमा उनको ‘सेक्रेट टु सक्सेस बाइ जबिन’ पेज समेत छ, जसमा उनले आफ्नो आइडिया, प्रशिक्षण, डाइट प्लान लगायतका टिप्स् राखेका छन् ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?