लण्डन । नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ बेलायतको रोयल अल्बर्ट हलमा आइतबार हुने नेपाली सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाली कलाकारहरुको टोली शनिबार दिउँसो लण्डन आइपुगेको छ।
नेपाली सांगीतिक जगतका चर्चित व्यक्तित्वहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, दिपक थापा मगर, जेम्स प्रधान, सुजील कर्माचार्य, तृष्णा गुरुङ सहितको १६ सदस्यीय टोलीलाई हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प नेपाल नेटवर्कका पदाधिकारीहरुले स्वागत गरे ।
सो अवसरमा वरिष्ठ गायक दिप श्रेष्ठले विश्व प्रसिद्ध रोयल अल्बर्ट हलमा पहिलो नेपाली सांगीतिक प्रस्तुति गर्न बेलायत आइपुग्दा आफु निकै खुसी भएको बताए । “यो हाम्रा लागि तीर्थयात्रा सरह भएको छ,” उनले भनेे ।
गायक श्रेष्ठले भूकम्प प्रभावित नेपालीहरुप्रति ऐक्यवद्धता र सहयोग जुटाउन रोयल अल्बर्ट हलमा उपस्थित भइदिन बेलायतस्थित सम्पूर्ण नेपाली जनसमुदायलाई आह्वान पनि गरे ।
वरिष्ठ गायक ओमविक्रम विष्टले बेलायतवासी नेपालीहरुको मायाले लण्डन आइपुगेको बताए उनले आइतबार रोयल अल्बर्ट हलमा आएर नयाँ, पुराना सबै कलाकारहरुलाई चाखी दिन आग्रश पनि गरे ।
युवा गायिका तृष्णा गुरुङले सांगीतिक प्रस्तुतिका लागि लण्डन आइपुग्दा आफु निकै उत्साहित भएको बताइन् ।
त्यसैगरी गायकहरु दिपक थापा, जेम्स प्रधान तथा सुजील कर्माचार्यले भूकम्प पीडितहरुको सहयोगार्थ मानवीय उद्देश्यले भैरहेको कार्यक्रममा सुपरडुपर गीतहरु गाएर आफुहरुले सक्दो राम्रो प्रस्तुति दिने वाचा गरे ।
सांगीतिक टोलीका वरिष्ठ सदस्य योगेश्वर अमात्य यसअघि नै लण्डनमा छन्।
गोर्खा जिल्लाका भूकम्प पीडितहरुको सहयोगार्थ हेल्प नेपाल नेटवर्क युकेले भोलि आइतबार (जुन २८ तारिख) आयोजना गर्न लागेको कार्यक्रमको टिकट रोयल अल्बर्ट हलको फोन नं 0207 589 8212 मा फोन गरेर किन्न सकिन्छ। यसबाहेक भोलि दिउँसो लण्डन केन्सिङटनस्थित रोयल अल्बर्ट हलमै गएर टिकट किन्न सकिने पनि आयोजकहरुले जनाएका छन्।
अनलाईन टिकट किन्न तथा पार्किङका लागि http://www.royalalberthall.com/tickets/an-evening-for-gorkha/default.aspx मा गएर बुकिङ गर्न सकिन्छ। टिकट बिक्रीबारे थप जानकारी www.facebook.com/helpnepal.net मा गएर पाउन सकिन्छ।
तस्वीरहरु ः दिनेशकुमार/ रेडियो राइनो
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा