लन्डन । नेपाली संगीत इतिहासमा अर्को अध्याय रचिंदैछ भोली २८ जुन सांझ । ऐतिहासिक यस अर्थमा, विश्वप्रसिद्ध लन्डन साउथ केन्जिङटनस्थित रोयल अल्बर्ट हलमा पहिलोपटक नेपाली गीत संगीत गुन्जनेछ । त्यो अभूतपूर्व सांझको प्रतिक्षा अब धेरै रहेन ।
बेलायती विदेश राज्यमन्त्री हुगो स्वायरले शुभकामना दिइसकेको उक्त कन्सर्ट हेर्न बेलायतका कुनाकुनाबाट मात्र होइन, युरोपबाट समेत मानिस लन्डन आइपुगेका छन् ।
नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शरण केसी कार्यक्रम हेर्नैका लागि लन्डन आइसकेको बताएका छन् । हेल्प नेपालका सहयोगी, सफल व्यवसायी एवं समाजसेवी राजु आचार्य बेलायतको दुर शहर कर्नवालबाट १३ जना साथीहरु लिएर लन्डन आउने जनाएका छन् ।
पिटरवरोस्थित पत्रकार एवं साहित्यकार गोविन्द बेल्वासेले मनोरन्जन भन्दा पनि परोपकारी भावनाबाट प्रेरित आफ्नो समूह कार्यक्रम हेर्न आउन लागेको जनाए । उनले पिटरबरोबाट दशजना कन्सर्टमा आउने बताएका छन् । ‘नेपाल र नेपालीको हितमा काम गर्नेसंग हातेमालो गर्न सधैं तयार छ हाम्रो समूह’, बेल्वासे भन्छन् ।
लिड्स युनिभर्सिटीका डा. विष्णु परियार देखि लिभरपुलबाट डा. शम्भु आचार्य पनि कन्सर्टको साक्षी बन्दैछन् । लिभरपुल जोन मुर युनिभर्सिटीकी डा. सारा पार्करले पनि कन्सर्ट हेर्न आउने निश्चित गरेकी छिन् ।
बीबीसी नेपाली सेवाका लन्डन डेस्क प्रमुख सुमन खरेलले आफ्नो फेसबुक स्टाटसमार्फत ‘अब उक्त हलमा फेरि कन्सर्टको मौका आउला नआउला, त्यसकारण एकपटक ऐतिहासिक पूण्य सांझको साक्षी बन्न नबिर्सौ’ भनेका छन् ।
‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’ नाम दिइएको उक्त कन्सर्र्टमा नेपाली संगीत क्षेत्रका हस्तीहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ लगायत अनुभवी वाद्यवादकहरुको समूहले गीत संगीत पस्कने कार्यक्रम छ । कलाकारहरुको समूह शनिवार मध्यान्ह कतार एयरवेजबाट हिथ्रो उत्रंदैछ ।
गोर्खा जिल्लाका भूकम्प पीडितहरुको सहयोगार्थ हेल्प नेपाल नेटवर्क युकेले आयोजना गर्न लागेको कार्यक्रमको टिकट रोयल अल्बर्ट हलको फोन नं 0207 589 8212 मा फोन गरेर किन्न सकिन्छ।
यसबाहेक http://www.royalalberthall.com/tickets/an-evening-for-gorkha/default.aspx मा गएर अनलाइन पनि किन्न सकिनेछ । टिकट विक्रीबारे थप जानकारी www.facebook.com/helpnepal.net मा गएर पाउन सकिन्छ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी