लण्डन । बेलायतमा रहेका नेपाली सेफहरुको संस्था नेप्लिज सेफ एसोसिएसन यूकेले नेपालका भूकम्प पीडितलाई दुई लाख ७५ हजार रुपैंया सहयोग गरेको छ ।
एसोसिएसन अध्यक्ष कृष्ण तिमल्सिना सहितका पदाधिकारीहरुले बुधबार लण्डनस्थित कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । एसोसिएसनका उपाध्यक्ष दधि आचार्यका अनुसार उक्त सहयोग रकम प्रधानमन्त्री राहत तथा उद्दार कोषमा जम्मा हुनेछ ।
बेलायतमा कार्यरत नेपाली सेफ तथा शुभचिन्तकहरुबाट उक्त रकम संकलन गरिएको एसोसिएसनले जनाएको छ ।
बेलायतलाई कर्मथलो बनाएका सेफहरुलाई एकत्रित गर्न तथा उनीहरुको हक अधिकार सुनिश्चित गराउन सन् २०१२ मा स्थापित सेफ एसोसिएसन यूकेले स्थापना कालदेखि नै नेपालका हरेक विपत्तिमा सक्दो सहयोग पुर्याउंदै आइरहेको छ ।
उक्त अवसरमा कार्यवहाक राजदूत क्षेत्रीले सेफ एसोसिएसन यूकेले प्रशंसनीय कामहरु गरेको स्मरण गर्दै उक्त रकम तत्काल नेपाल पठाउने बताएका थिए । बेलायतमा सेफहरुको पेशा अत्यन्तै सम्मानजनक रहेको बताउंदै क्षेत्रीले सामाजिक काममा अझै बढि सक्रिय भएर लाग्न आग्रह गरे । अहिलेको अवस्थामा गोर्खा पछि बेलायतमा सेफ पेशा बढि सुरक्षित रहेको क्षेत्रीले बताए ।
एसोसिएसन अध्यक्ष तिमल्सिनाले देश रोइरहेको बेला सानो भएपनि सहयोग गर्न पाउंदा आफूहरुलाई खुशी लागेको बताए । उनले रकम संकलनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सेफहरुप्रति आभार प्रकट गरेका थिए । बेलायतको टाढा टाढा रहेर पनि मातृभूमिको सेवामा सहयोग गर्ने सेफहरुलाई धन्यवाद दिंदै उनले आगामी दिनमा पनि सहयोग गर्न आव्हान गरे ।
एसोसिएसनले संकलन गरेको बांकी रकम सेफहरु आफैं उपस्थित भएर भूकम्पबाट क्षतिग्रस्त स्कुलको पुननिर्माणमा खर्च गर्ने जनाएको छ । अध्यक्ष तिमल्सिनाका अनुसार, छिट्टै बस्ने कार्यसमितिको बैठकमा स्कुल पुननिर्माणबारे स्पष्ट योजना सार्वजनिक गरिने छ ।
सहयोग रकम हस्तान्तरणका अवसरमा एसोसिएसन अध्यक्ष तिमल्सिना, उपाध्यक्ष आचार्य, सदस्यहरु ठाकुर ढुंगाना, धर्म चापागाईं, रामु कंडेल, रामसिंह थापा, दिपक आचार्य लगायत सहभागी थिए ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ